प्रेम हावा रहेछ उडाएर गयो । प्रेम शीत रहेछ पग्लिएर गयो । प्रेम नदी रहेछ किनारा लगायो । म हावा शीत र नदी बनेर उसैमा समाहित भइरहेँ । मैले उसलाई अथाहा प्रेम गरेँ, मुनाले मदनलाई जतिकै । आगोले चितालाई गरेजस्तै उसको रूप नहेरी उसका औकात नहेरी । अपसोच ! उसले आफ्नो औकात देखायो । मेरो हार्दिक प्रेमलाई गलत अर्थ लगाइदियो । सहनशीलतालाई कमजोरी ठान्यो । शरीरलाई उच्च र मनलाई निम्न स्तरकोे तराजुमा जोख्यो । मुटुबाट सुरु भएको सम्बन्ध आँखामा पुगेर सकियो । ऊमसँग उज्यालोमा प्रेम गर्न डराउँथ्यो । अँध्यारोमा गरेको प्रेम सम्झौतामा छुटियो । अब बाँकी जीवनको उसैको नाममा समर्पण गर्छु ।
प्रणय दिवस वा प्रेम दिवस (अङ्ग्रेजी: Valentine's Day) १४ फेब्रुअरीमा विश्वभर मनाइने दिवस हो । यो पर्व पादरी सेन्ट भ्यालेन्टाइनको वलिदानसँग सम्बन्धित छ । तत्कालीन रोमन सम्राट् क्लाउडियस द्वितीयले युवा प्रेम र विवाहतिर लागे सैनिक सेवा प्रभावित हुन्छन् भन्ने ठानेर यसलाई प्रतिबन्ध लगाएका थिए तर भ्यालेन्टान भने सम्राट्को निर्णयलाई धर्म विरुद्ध भन्थे ।