चर्चाको विषय
प्रेम हावा रहेछ उडाएर गयो । प्रेम शीत रहेछ पग्लिएर गयो । प्रेम नदी रहेछ किनारा लगायो । म हावा शीत र नदी बनेर उसैमा समाहित भइरहेँ । मैले उसलाई अथाहा प्रेम गरेँ, मुनाले मदनलाई जतिकै । आगोले चितालाई गरेजस्तै उसको रूप नहेरी उसका औकात नहेरी । अपसोच ! उसले आफ्नो औकात देखायो । मेरो हार्दिक प्रेमलाई गलत अर्थ लगाइदियो । सहनशीलतालाई कमजोरी ठान्यो । शरीरलाई उच्च र मनलाई निम्न स्तरकोे तराजुमा जोख्यो । मुटुबाट सुरु भएको सम्बन्ध आँखामा पुगेर सकियो । ऊमसँग उज्यालोमा प्रेम गर्न डराउँथ्यो । अँध्यारोमा गरेको प्रेम सम्झौतामा छुटियो । अब बाँकी जीवनको उसैको नाममा समर्पण गर्छु ।
यी भमराको नेत्रमा जाम लागेको छ बगैंचामा फूलको याम लागेको छ लेखेको होला गुलाबी अधरले सायद चिठीमा मुस्कानको खाम लागेको छ पिठिउ मज्जासङ्ग सेक्नेछ यस धर्तीले धेरै दिनको हुस्सु पछि घाम लागेको छ मलामीको मात्र दिल छामेँ आगो लाग्दा चिताको...