कल्याण सापकाेटाकाे चार मुक्तक

कल्याण सापकाेटाकाे चार मुक्तक

कल्याण सापकोटा

@Mayur Times

२०७७ भदौ ३० गते मङ्गलबार ०७:३०

सद्दे मान्छे पागल बन्छ तिम्रो सिद्धान्तले। सम्बन्धको जरो खन्छ तिम्रो सिद्धान्तले। म प्रेमलाई जीवन जिउँने आधार सम्झन्छु, समानको व्यापार भन्छ तिम्रो सिद्धान्तले।


बसौँ मान्छे सबै दलको तयारी अवस्थामा।
घडा बनाउँ पित्तलको तयारी अवस्थामा।
मन्त्री ज्यू आउँदै छन,स्वागत गर्नु पर्छ,
राखौं माला चप्पलको तयारी अवस्थामा।

2
सद्दे मान्छे पागल बन्छ तिम्रो सिद्धान्तले।
सम्बन्धको जरो खन्छ तिम्रो सिद्धान्तले।
म प्रेमलाई जीवन जिउँने आधार सम्झन्छु,
समानको व्यापार भन्छ तिम्रो सिद्धान्तले।

जिन्दगीबाट नै ठूलो हरेस खाई स्वागत गर्नु पर्‍यो ।
यो मन जबर्जस्ति सम्झाइबुझाई,स्वागत गर्नु पर्‍यो ।
हिजो आँसुले आँखाको गाजल पखालेर बिदाई गरेथेँ,
आज सिंदुर पखालेर मेरो हजुरलाई स्वागत गर्नु पर्‍यो ।

आफन्तलाई म देखि तर्किनी ,रोग लागेको छ।
छलछाम गरि गरि पन्छिनी, रोग लागेको छ।
अस्पताल या पागलखाना कहाँ लानु पर्लारु
पैसा लगेपछि बिर्सिनी रोग लागेको छ।

प्रकाशित मिति ३० भाद्र २०७७, मंगलवार ०७:३०
प्रतिक्रियाहरू
गजल – निर्मल घिमिरे

गजल – निर्मल घिमिरे
२०७७ असोज २ गते शुक्रबार ०९:२९

गजल – चित्रमान तामाङ

गजल – चित्रमान तामाङ
२०७७ असोज २ गते शुक्रबार ०८:५९

देव सजन सुनारकाे चार मुक्तक

देव सजन सुनारकाे चार मुक्तक
२०७७ असोज १ गते बिहिबार ०७:३७

कविता – बिजयीता भण्डारी

कविता – बिजयीता भण्डारी
२०७७ असोज १ गते बिहिबार ०७:०३