समान – अन्तर – राज माङलाक

समान – अन्तर – राज माङलाक

राज माङलाक

@Mayur Times

२०७७ भदौ २९ गते सोमबार ०८:१०

सिर्जनाको एउटा जून, आकाशतिर टाँगिएको छ जो सबैले देख्छन् भरोसाको अर्को भुइँ, जमिन थामेर बसेको छ जो सबैले टेक्छन् तर देख्दैनन् ।

जसरी
वोधीचित्तको मालामा बसिरहेछन् बुद्ध
घाँटीमा झुण्डिएको लकेटमा उभिरहेका छन् जिसस्
कम्युनिस्ट मेनुफेस्टो पढेर बसिरहेका छन् मार्क्स
मस्तिष्कका नसानसामा छिरेर कुदिरहेका छन् फ्रायड
जीवविज्ञान पढाइ रहेका छन् डार्विन
ठिक त्यसरी नै
आफ्नो आधार इलाकामा
सुब्बेनी बोजू दरसन्तानको भविष्यप्रति ध्यानस्त छिन्
माक्सोते कान्छा घरघरमा तान्त्रिक ज्ञान पढाइरहेका छन्
सेते दमाई समाजको नक्कली अनुहार उतारिरहेका छन्
तिनघरे साइँला दुखको ढुङगा पल्टाउन उक्साइ रहेका छन्
धने काका जीवनको गोत्र बुझाइ रहेका छन्
यी दुईको इतिहास
यसैगरी विराम ( अविराम छ
अर्थात,
सिर्जनाको एउटा जून, आकाशतिर टाँगिएको छ
जो सबैले देख्छन्
भरोसाको अर्को भुइँ, जमिन थामेर बसेको छ
जो सबैले टेक्छन् तर देख्दैनन् ।

प्रकाशित मिति २९ भाद्र २०७७, सोमबार २०:१०
प्रतिक्रियाहरू
प्रेमहीन प्रेम दिवसका गुलावहरू

प्रेमहीन प्रेम दिवसका गुलावहरू
२०७७ फाल्गुण ५ गते बुधबार ०७:४४

गजल – गगन चुम्बन

गजल – गगन चुम्बन
२०७७ फाल्गुण ४ गते मङ्गलबार ०२:५०

गजल – अभिषेक सापकाेटा

गजल – अभिषेक सापकाेटा
२०७७ माघ २७ गते मङ्गलबार ०७:५२