सलाहको ह्याट्रिकमा लिभरपुलको जीत

सलाहको ह्याट्रिकमा लिभरपुलको जीत

सागर नेपाल

@Mayur Times

२०७७ भदौ २८ गते अाईतबार ०६:५९

लिभिरपुलका स्टाइकर मोहमद सलाहको उत्कृष्ट ह्याट्रिकसँगै लिभरपुलले लिड्स युनाइटेडमाथि रोमाञ्चक जीत हात पारेको छ । प्रिमियर लिगको पहिलो खेलमा लिड्स युइटाइटेडलाई ४–३ ले पराजित गरेको हो । पहिलो हाफमा दुवै टोलीबाट पाँच गोल सम्भव...

लिभिरपुलका स्टाइकर मोहमद सलाहको उत्कृष्ट ह्याट्रिकसँगै लिभरपुलले लिड्स युनाइटेडमाथि रोमाञ्चक जीत हात पारेको छ । प्रिमियर लिगको पहिलो खेलमा लिड्स युइटाइटेडलाई ४–३ ले पराजित गरेको हो ।


पहिलो हाफमा दुवै टोलीबाट पाँच गोल सम्भव भएको थियो । १६ वर्षपछि प्रिमियर लिगमा पुनारामन गरेको लिड्स पहिलो हापमा ३–२ ले पछि परेको थियो । खेलको तेस्रो मिनेटमै लिभरपुलका लागि सलाहले पिनाल्टीमार्फत गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । त्यस्तै गत वर्ष च्याम्पिन बन्दै आएको लिड्सका लागि काल्भिन फिलिप्सको लामो पासमा गोल गर्दै हारिसनले खेलको १२ औँ मिनेटमा खेल बराबरीमा ल्याए । लिभरपुलका लागि खेलको २० औँ मिनेटमा भान डायकले हेलिङ मार्फत गोल गर्दै लिभरपुललाई २–१ अग्रता दिलाउन सफल भए । लिड्सको तर्फबाट खेलको ३० औँ मिनेटमा पुन वामफर्डले गोल गर्दै खेल २–२ को अवस्थामा पु¥याए ।

 

लिड्सको बराबरी धेरै बेर टिक्न पाएन । बराबरी भएको तीन मिनेट वित्न नपाउँदै लिभरपुलको लागि पुनः सलाहले गोल गर्दै लिभरपुललाई पुन अग्रता दिलाए । पहिलो हाफमा एक गोलले पछि परेको लिड्सले दोस्रो हाफमा थप एक गोल खाँदा लिड्स पराजित हुन पुगेको हो । जवाफी खेलको ६६ औँ मिनेटमा लिड्सले पुन गोल गर्दै खेल ३–३ का अवस्थामा पु¥यायो । लिड्सका लागि म्याटुएज क्लिकले गोल गरेका थिए । खेल बराबारीको अवस्थामा अघि बढिरहेको बेलामा लिभरपुलले खेलको ८७ आँै मिनेटमा पुन अग्रता लिन सफल भयो । फाभिन्होलाई पेलान्टी क्षेत्रभित्र लडाएपछि पेनान्टीमार्फत गोल गर्दै सलाहले प्रिमियर लिगको पहिलो खेलमै ह्याटिक गर्न सफल भने लिभरपुलको जीत पनि सुनिश्चित गरे । यस्तै हिजो भएका अन्य खेलहरुमा आर्सनले फुलहेन माथि ३ –० को जित निकाल्यो । भने क्रिटल प्यालेसले साउथमेटनमाथि एक १-0 काे जीत निकाल्यो ।

प्रकाशित मिति २८ भाद्र २०७७, आईतवार ०६:५९
प्रतिक्रियाहरू