प्रिमियर लिगमा आर्सनलको सानदार सुरुवात

प्रिमियर लिगमा आर्सनलको सानदार सुरुवात

सागर नेपाल

@Mayur Times

२०७७ भदौ २७ गते शनिवार ०७:३७

इङल्याण्डको शीर्ष डिभिजनको फुटवल प्रिमियर लिग को २०२०/२१ सिजन आजबाट सुरु भएको छ । आज साँझ भएको खेलमा फूलहेम माथि ३–० को शानदार जित निकाल्दै आर्सनले विजय यात्रा सुरुवात गरेको हो । फूलहेम माथि आर्सनले खेलको ८ मिनेटमा गोल हान्न सफल...

इङल्याण्डको शीर्ष डिभिजनको फुटवल प्रिमियर लिग को २०२०/२१ सिजन आजबाट सुरु भएको छ । आज साँझ भएको खेलमा फूलहेम माथि ३–० को शानदार जित निकाल्दै आर्सनले विजय यात्रा सुरुवात गरेको हो ।

फूलहेम माथि आर्सनले खेलको ८ मिनेटमा गोल हान्न सफल भयो । आर्सनलका लागि लाकाजेट गोल गर्दै आर्सनलाई अग्रता दिलाए । पहिलो हाफ १– ० ले पछि परेको फूलहेम माथि दोस्रो हापमा थप २ गोल गर्न आर्सनल सफल भयो । त्यस्तै खेलको ४९ को मिनेटमा आर्सनलको तर्फबाट ग्यावीरियलले गोल गर्दै आर्सनलाई २–० कोे अग्रता दिलाए । खेल अवधिभर पूर्ण रुपमा आर्सनले एकतर्फी खेल बनाउन सफल भयो । खेलको ५७ आँै मिनेटमा आर्सनलको तर्फबाट औवामियङले उत्कृष्ट गोल गर्दै आर्शनले ३ –० को स्पष्ट जीत निकाल्न सफल भयो । आजको अन्य खेलहरुमा क्रिस्टल प्यालेस र साउथहेमटन बिच नेपाली समयअनुसार ७ ः ४५ देखि तथा गत सिजनको च्यापिएन लिभर पुल र लिड्स युनाइटेड विच प्रतिस्पर्धा हुँदैछ ।

प्रकाशित मिति २७ भाद्र २०७७, शनिबार १९:३७
प्रतिक्रियाहरू