मोतीराम भट्टको समयदेखि सुरु भएको नेपाली गजलले अहिलेसम्म आइपुग्दा निकै फड्को मारेर आफ्नो अस्तित्व वचाउन सफल रहेको छ । पछिल्लो समयमा धेरै युवा पुस्ता गजल लेखनमा सक्रिय रहेका छन् ।
अनलाइन गजल रस कार्यक्रमले पनि नेपाली गजल विकासका लागि धेरै महत्वपूर्ण काम गरिरहेको छ । सुदुरको विकट हिमाली जिल्ला बझाङबाट संचालन भइरहेको भर्चुअल कार्यक्रम अनलाइन गजल रस कार्यक्रम २८ औँ श्रृङ्खला गोरखा घर भइ हाल काठमाडौँमा बसोबास गर्दै आउनु भएकी गजलकार सरिता आचार्यले आज साँझ पाँच बजे सांकेतिक भाषामा गजल वाचन गर्ने बताइएकाे छ ।
केही नयाँ र केही पृथक गरिरहेकको कार्यक्रमले यस पटक भने कार्य शृंखलालाई भने समावेशी बनाउन खोजेको छ । सुस्त श्रवण भएका व्यक्तिहरुका निम्ति यो श्रृङ्खला अझै प्रभावकारी बन्ने छ । नेपालमा सांकेतिक भाषामा गजल वाचन यो पहिलो प्रयास रहेको छ ।
प्रकाशित मिति २७ भाद्र २०७७, शनिबार ११:३०