गजल – शिशिर भट्टराई

गजल – शिशिर भट्टराई

शिशिर भट्टराई

@Mayur Times

२०७७ भदौ २७ गते शनिवार १०:४७

आफन्तले चढाउँछन्, आफन्तले खसाउँछन् छुट्नुपर्छ भनेपछि उनका आँखा रसाउँछन्

आफन्तले चढाउँछन्, आफन्तले खसाउँछन्
छुट्नुपर्छ भनेपछि उनका आँखा रसाउँछन्

उमेर बढ्दा टाढा हुने मेरो आफ्नै अनुभव छ
बालक छँदा माया गर्न छातीसँगै टसाउँछन्

जूनतारा दिन्छुु भन्लान्, सधैँभरि ख्याल राख्नू
कुरा कथ्न जान्नेले त सिंहासनमै बसाउँछन्

ठूलो निधार छ भन्दैमा भाग्य हुन्न ख्याल राख्नू
हातमा ठेला हुनेले पो जिन्दगीभर हसाउँछन्

मुटु साट्छन भन्न सक्छन्, असम्भव भनिदिनू
मिठो चारा देखाएर चरी जालमा फसाउँछन्

प्रकाशित मिति २७ भाद्र २०७७, शनिबार १०:४७
प्रतिक्रियाहरू
तीन गजल

तीन गजल
२०७७ मङ्सिर १२ गते शुक्रबार ०५:२४

गजल – धिरज स्मृतिपवन

गजल – धिरज स्मृतिपवन
२०७७ मङ्सिर ११ गते बिहिबार ०३:५१

गजल – तिलक भट्टराई “अन्जान”

गजल – तिलक भट्टराई “अन्जान”
२०७७ मङ्सिर ११ गते बिहिबार ०३:४६

गजलकार ऋषि शर्मा सुदामा र गजल

गजलकार ऋषि शर्मा सुदामा र गजल
२०७७ मङ्सिर १० गते बुधबार ०१:०४