अष्टेलियाद्धारा इङल्याण्ड पराजित

अष्टेलियाद्धारा इङल्याण्ड पराजित

सागर नेपाल

@Mayur Times

२०७७ भदौ २७ गते शनिवार ०८:११

अष्टेलिया इङल्याण्ड विचको तीन ओडिआई सिरिजको पहिलो ओडिआई अष्टेलियाले १९ रनले जितेको छ । म्यानचेष्टरमा टस हारेर व्याटिङको निम्तो पाएको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ९ बिकेट गुमाउँदै २९४ रन बनायो । अष्टेलियाका लागि ग्लेन म्याक्सवेल...

अष्टेलिया इङल्याण्ड विचको तीन ओडिआई सिरिजको पहिलो ओडिआई अष्टेलियाले १९ रनले जितेको छ । म्यानचेष्टरमा टस हारेर व्याटिङको निम्तो पाएको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ९ बिकेट गुमाउँदै २९४ रन बनायो ।

अष्टेलियाका लागि ग्लेन म्याक्सवेल ले ५९ बलको सामना गर्दै ४ चौका र ४ छक्काको मद्यतले ७७ रन बनाए । त्यस्तै मिचेल मार्सले १०० वलको सामना गर्दै ६ चौकाको मद्यतले ७३ रन बनाए । अष्टेलियाका लागि शीर्ष क्रममा व्याट्सम्यानको प्रदर्शन सम्झन लायकको रहेन ।

ओपनर डेविड वानरलाई चौथो ओभरको पहिलो बलमा जोफ्रा आर्चरले ६ रनमा बोल्ट आउट गरे । त्यस्तै १० औँ ओभरको पहिलो वलमा मार्क उडले कप्तान आरोन फिन्चलाई १६ रनमा क्याच आउट गराए । अष्ट्रेलियाका लागि स्टोइनिस र मार्नस लाबुसेन ले तेस्रो बिकेटका लागि ३७ रनको साझेदारी गरेका थिए । तर मार्क उडले स्टोनिसलाई व्यक्तिगत ४३ रन बनाएको अवस्थामा पेविलयन फर्काएसँगै अष्ट्रेलियाको इन्डिङ धर्मराएको थियो । तर म्यासवेल र मिचेल मार्शले छैटौँ बिकेटका लागि १२६ रनको साझेदारी गरेसँगै अस्टेलियाले बलियो योगफल तयार पार्न सफल भयो ।

इङल्याण्डको लागि जोफ्रा आर्चरले १० ओभरमा ५७ रन खर्चदै ३ बिकेट लिए । त्यस्तै मार्क उडले ३, आदिल रसिदले २ तथा क्रिक्स वोक्सले १ बिकेट लिए । जवाफी २९५ रनको लक्ष्य पछ्याएको इङल्याण्डले निर्धारित ५० ओभरमा ९ बिकेट गुमाएर २७५ रन मात्रै बनाउन सक्यो । इङल्याण्डका लागि सेमविलिनले सतकीय पारी खेल्दै ११० बलमा १४ चौका र २ छक्काको मद्यतमा ११८ रन बनाएका थिए । त्यस्तै जोनि वेस्टोेले १०७ वलको सामना गर्दै ४ चौका र ४ छक्का सहित ८४ रन बनाए । इङल्याण्डका लागि अन्य व्याट्सम्यानको प्रर्दशन सम्झन लायक रहेन । ओपनर व्याट्सम्यान जेसन रोए व्यक्तिगत ३ रनमा आउट भए भने त्यस्तै अर्का भरपर्दा व्याट्स म्यान जो रुट १ रनमा पेवेलियन फर्किए । त्यस्तै कप्तान ओएन मोर्गन व्यक्तिगत २३ रनमा आउट भए ।

 

अष्टेलियाको लगि एडम जाम्पाले १० ओभर वलिङ गर्दै ५५ रन खर्चर ४ बिकेट लिन सफल भए । त्यस्तै हेजल उडले ३ पेट कमिन्स र मिचेल मार्सले समान १–१ बिकेट लिए । खेलको म्यान अफ द म्याच हेजलउड घोषित भए । दोस्रो ओडिआई १३ सेटेम्बर अर्थात् आइतबार हुनेछ ।

प्रकाशित मिति २७ भाद्र २०७७, शनिबार ०८:११
प्रतिक्रियाहरू
गजल – तिलक भट्टराई “अन्जान”

गजल – तिलक भट्टराई “अन्जान”
२०७७ मङ्सिर ११ गते बिहिबार ०३:४६

गजल -भूपि सरोवर

गजल -भूपि सरोवर
२०७७ मङ्सिर ११ गते बिहिबार ०३:२९

फुटबलर  म्याराडोनाको निधन

फुटबलर म्याराडोनाको निधन
२०७७ मङ्सिर ११ गते बिहिबार ०७:५८

विश्वभरमा  कोरोना संक्रमित  ६ करोड नाघे

विश्वभरमा कोरोना संक्रमित ६ करोड नाघे
२०७७ मङ्सिर ११ गते बिहिबार ०७:४४