सरकारले मजदुरहरुको ख्याल गरेर उचित विकल्पको खोजी गर्न जरुरी छ -सागर बाेहाेरा

सरकारले मजदुरहरुको ख्याल गरेर उचित विकल्पको खोजी गर्न जरुरी छ -सागर बाेहाेरा

मयूर टाइम्स

@Mayur Times

२०७७ भदौ २ गते मङ्गलबार ०३:१७

यतिवेला विश्व नै कोरोना भाइरसको महामारीमा फसिरहेको छ । देशको अर्थतन्त्र धरापमा परेको छ भने व्यापार व्यावसायीहरु ठुलो मारमा परेका छन् । कोरोना भाइरसको विचमा पनि मानिसहरु खुसी भएर बाँच्ने प्रयास गरिरहेका छन् । यसैबीचमा रामेछाप...

यतिवेला विश्व नै कोरोना भाइरसको महामारीमा फसिरहेको छ । देशको अर्थतन्त्र धरापमा परेको छ भने व्यापार व्यावसायीहरु ठुलो मारमा परेका छन् । कोरोना भाइरसको विचमा पनि मानिसहरु खुसी भएर बाँच्ने प्रयास गरिरहेका छन् । यसैबीचमा रामेछाप घर भई हाल काठमाडाँैमा ट्याक्सी चलाउँदै आएका सागर श्रेष्ठसँग लिएको अन्तर्वार्ता
१ यहाँलाई मयूर टाइम्समा स्वागत छ ।
धन्यवाद ।
२ कति भयो हजुरले ट्याक्सी चलाउन थाल्नुभएको ?
लगभग सात महिना भयो ।
३ ट्याक्सी चलाउने बाहेक अरु के काम गर्नुहुन्छ ?
म यो बाहेक साहित्यमा पनि संलग्न रहेको छु । गजल कविता लेख्छु । आलोचना साप्ताहिक र अर्थसवालको व्यवस्थापकको रुपमा पनि काम गरिरहेको छु ।
४ लक डाउनको समय कसरी बिताउनुभयो ?
मैले लकडाउनको सुरुको समय घरमा नै बसेर बिताएँ । असार तीन गते जबरजस्ती काठमाडौँ आएँ । बैँकले पत्येक दिन गरेको फोनले निदाउन दिएन । त्यसकारण मैले जबरजस्ती भए पनि ट्याक्सी चलाउनुपर्ने वाध्यता मेरो अगाडि देखियो ।
५ अहिले धेरै जनताले लक डाउनको माग गरिरहेका छन् के लकडाउन हुन जरुरी छ ?
लक डाउन भयो भने । रोगले भन्दा धेरै भोकले मान्छे मर्छन् । त्यसकारण लक डाउन नै समस्याको समाधान होइन । सरकारले अन्य विकल्पको खोजी गर्नु जरुरी देखिन्छ ।
६ अहिले दैनिक कति आम्दानी हुन्छ ?
अहिलेको आम्दानी निरास लाग्दो छ । हजार रुपैयाँभन्दा माथि गएको रेकर्ड छैन ।

प्रकाशित मिति २ भाद्र २०७७, मंगलवार ०३:१७
प्रतिक्रियाहरू