लकडाउन अवसर र चुनौती दुवै भयो – पुप्पराज पौडेल

लकडाउन अवसर र चुनौती दुवै भयो – पुप्पराज पौडेल

मयूर टाइम्स

@Mayur Times

२०७७ साउन २५ गते अाईतबार ०८:३२

लकडाउनको भएको लगभग चार महिना वितेपछि शिखा पब्लिकेसमा पुग्दा पुप्पराज पौडेल हँसिलो अनुहारमा देखिन्थे । मानौँ लकडाउनले उनलाई केही पनि असर गरेको छैन । अवस्था पहिलाको जस्तै सामान्य छ । विजनेश पनि उस्तै रहेको छ । सधै हतारमा देखिने...

लकडाउनको भएको लगभग चार महिना वितेपछि शिखा पब्लिकेसमा पुग्दा पुप्पराज पौडेल हँसिलो अनुहारमा देखिन्थे । मानौँ लकडाउनले उनलाई केही पनि असर गरेको छैन । अवस्था पहिलाको जस्तै सामान्य छ । विजनेश पनि उस्तै रहेको छ ।

सधै हतारमा देखिने बागबजारको सडक अलि सुनसान जस्तो देखिन्थे । ज्ञानज्योति पुस्तक पसलमा पनि खास मानिसहरुको भीड थिएन । पसल वरिपरि खासै केही चहलपहल पनि थिएन । वातावरण सुनसानजस्तै लाग्थ्यो ।

विश्वलाई नै चुनौती दिइरहेको कोरोनाका भाइरसको असरले पब्लिकेसनलाई कस्तो किसिमको असर पर्यो भन्ने प्रश्नको जवाफमा उनले भने, ‘हाम्रो लागि कोरोना अवसर र चुनौती दुवै भयो । सधै कामको चटारोले गर्दा घर परिवारलाई समय दिन सकिएको थिएन । मैले मेरो परिवारको लागि प्रशस्त मात्रामा समय दिन सकेँ । सुखदुखको धेरै कुरा साटासाट गर्न पाइएको हुँदा अवसर भयो । फेरि व्यापार विजनेशलाई चटक्कै छोड्नुपर्दा चुनौती पनि भएको महसुस गरेको छु ।’

लकडाउनलाई कसरी प्रयोग गर्नुभयो भन्ने प्रश्नको जवाफमा पौडेलले भने, ‘मैले लकडाउनलाई विशेषगरी अवसरको रुपमा हेरेँ । घरमा बस्दा पनि प्रायजसो पाण्डुलिपि हेरेर समय बिताइयो । यसले गर्दा पढ्ने बानीको विकास पनि भयो । आफ्नो काम पनि भयो । उनी भन्छन्, वैखाखको अन्तिम साताबाट पसल समेत खोलियोे । आफ्नो दैनिक सामान्य बनाउँदै लगियो ।’

अहिले पसल खुलेर लकडाउन खुलेपनि सामान्य अवस्थाको जस्तो लागेपनि अवस्था निकै जटिल रहेको छ । मान्छेको चहलपहल पहिलाको जस्तो पनि छैन । मनिसहरुमा पुस्तक किन्ने खास जाँगर देखिदैँन । एक प्रकारको त्रास बाँकी नै रहेको छ । विभिन्न समस्याहरुको विचमा रहेर पनि आत्मविश्वमा कमी भएको छैन । मैले यो लकडाउनलाई अवसर र चुनौती दुवैको रुपमा हेरेको छु ।

शिखा पब्लिकेशन अहिलेको चर्चित पब्लिकेशन हो । यस पब्लिकेशनले साहित्यको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको छ । कविता, गजल, उपन्यास, कथा, जीवनी जस्ता विविध क्षेत्रमा यस पब्लिकेशनको महत्वपूर्ण योगदान रहेको छ । विश्व कोरोना भाइरसको चुनौतीको पनि सामना गर्दै यस पब्लिकेशनले काम गरिरहेको छ ।

प्रकाशित मिति २५ श्रावण २०७७, आईतवार ०८:३२
प्रतिक्रियाहरू