अपराजित रहँदै सीपीएल च्यापियन बन्यो ट्रिनबागो

अपराजित रहँदै सीपीएल च्यापियन बन्यो ट्रिनबागो

सागर नेपाल

@Mayur Times

२०७७ भदौ २६ गते शुक्रबार १२:५०

क्यारेबियन प्रिमियर लिग सिपीएलको उपाधि ट्रिनबागो नाइट राइडर्सले जितेको छ । ब्राएन लारा क्रिकेट स्टेडियमा भएको खेलमा कप्तान कायरन पोलाडको उत्कृष्ट वलिङ तथा लेन्डल सिमोन्स र डैरेन ब्राबोको उत्कृष्ट व्याटिङमा ट्रिनबागोले सेंन्ट...

क्यारेबियन प्रिमियर लिग सिपीएलको उपाधि ट्रिनबागो नाइट राइडर्सले जितेको छ । ब्राएन लारा क्रिकेट स्टेडियमा भएको खेलमा कप्तान कायरन पोलाडको उत्कृष्ट वलिङ तथा लेन्डल सिमोन्स र डैरेन ब्राबोको उत्कृष्ट व्याटिङमा ट्रिनबागोले सेंन्ट लुसिया जुक्सलाई ८ बिकेटले पराजित गर्दै प्रतियोगिताभर अपराजित रहँदै ट्रिनबागोले अपाधि जितेको हो ।

टस जितेर ट्रिनबागोले सेन्ट लुसिया जुक्सलाई व्याटिङको निम्तो दिएको थियो । जवाफी व्याटिङमा आएको सेन्ट लुसिया निर्धारित २० ओभरको खेलमा १९.१ ओभरमा अल आउट हुँदै १५४ रन बनाउन सक्यो । सेन्ट लुसियाको लागि सर्वाधिक रन आन्द्रे फ्लेचरले २७ वलमा ४ चौका तथा २ छक्काको मद्यतमा ३९ रन प्रहार गरे । त्यस्तै मार्क डेलले २७ वलमा ३ चौका तथा १ छक्का सहित २९ रन प्रहार गरे । ट्रिनबागोको लागि कप्तान कायरन पोलाडले ४ ओभरमा ३० रन खर्चदै ४ बिकेट लिन सफल भए । त्यस्तै अलिखान र फेमद अहमदले समान २–२ बिकेट तथा ख्यारिपियरले १ बिकेट लिए । जवाफी १५५ रनको विजय लक्ष्य सहित मैदानमा उत्रिएको ट्रिनबागोले १८.१ ओभरमा २ बिकेट गुमाएर १५७ रन बनाउन सफल भयो ।

ट्रिनबागोको लागि लेन्डल सिमन्सले ४९ वलको समाना गर्दै ८ चौका र ६ छम्का सहित ८४ रनको नटआउट पारी खेले भने त्यस्तै डैरन ब्राबोले ४७ बलमा २ चौका र ६ छक्का सहित ५८ रन बनाउँदै नटआउट पारी खेले । त्यस्तै लुसियाका लागि रष्टन चेजले १ बिकेट लिए । खेलको म्यान अफ द म्याच लेन्डल सिमोन्स घोषित भए भने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी कायरन पोलाड भए ।

प्रकाशित मिति २६ भाद्र २०७७, शुक्रबार ००:५०
प्रतिक्रियाहरू