फेरि घट्याे सुनकाे मूल्य, प्रतितोला ९८ हजार २ सय रुपैयाँमा कारोबार

फेरि घट्याे सुनकाे मूल्य, प्रतितोला ९८ हजार २ सय रुपैयाँमा कारोबार

मयूर टाइम्स

@Mayur Times

२०७७ भदौ १ गते सोमबार ०४:५६

कोरोनाको कहर बिचमा पनि आकाशिएको सुनको भाउ सोमबार घटेको छ । महिलाको चाड हरितालिका तीज नजिकिँदै गर्दा सुनको मूल्य घटेको हो । आइतबार तोलामा २ सय रुपैयाँले घटेको सुन सोमबार पनि घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार तोलामा...

कोरोनाको कहर बिचमा पनि आकाशिएको सुनको भाउ सोमबार घटेको छ । महिलाको चाड हरितालिका तीज नजिकिँदै गर्दा सुनको मूल्य घटेको हो ।

आइतबार तोलामा २ सय रुपैयाँले घटेको सुन सोमबार पनि घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार तोलामा दुई सयले घटेर छापावाल सुन प्रतितोला ९८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । तेजावी सुन प्रतितोला ९७ हजार ७ सय रुपैयाँमा किनबेच भइरहेको छ ।

महासंघले चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय १५ रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

प्रकाशित मिति १ भाद्र २०७७, सोमबार १६:५६
प्रतिक्रियाहरू
आज पनि घट्याे सुनको मूल्य

आज पनि घट्याे सुनको मूल्य
२०७७ मङ्सिर १५ गते सोमबार ०५:३६

शनिवारकाे  सुनको मूल्य

शनिवारकाे सुनको मूल्य
२०७७ मङ्सिर १३ गते शनिवार ०१:५५

यसकारण सेयर बजारले नयाँ कीर्तिमान कायम गर्यो

यसकारण सेयर बजारले नयाँ कीर्तिमान कायम गर्यो
२०७७ मङ्सिर १२ गते शुक्रबार ०३:५१