एउटा अनाैठाे भेला -कथा

एउटा अनाैठाे भेला -कथा

मयूर टाइम्स

@Mayur Times

२०७७ भदौ १ गते सोमबार ०४:०५

– रवीन्द्र बुढाथोकी,रामेछाप । एक हप्ता अगाडी नै आकाशवाणीबाट उर्दी जारी भएको छ । फलानो जिल्लाको, फलाना नगरपालिकामा र फलाना गाउँ पालिकामा बसोबास गर्ने सम्पूर्ण सडक, पुल–पुलेसा, धारा, पँधेरा र पोखरी, मठमन्दिर, पाटीपौवा र कूला सबै फलानो...

– रवीन्द्र बुढाथोकी,रामेछाप ।

एक हप्ता अगाडी नै आकाशवाणीबाट उर्दी जारी भएको छ । फलानो जिल्लाको, फलाना नगरपालिकामा र फलाना गाउँ पालिकामा बसोबास गर्ने सम्पूर्ण सडक, पुल–पुलेसा, धारा, पँधेरा र पोखरी, मठमन्दिर, पाटीपौवा र कूला सबै फलानो मितिमा, फलानो ठाउँमा, फलानो बजे उपस्थित हुनु भन्ने । मान्छेको मात्रै सभा, सम्मेलन, बैठक र छलफल भएको सुन्दै र हेर्दै आएका पुल–पुलेसा, धारा, पँधेरा र पोखरी, मठमन्दिर, पाटीपौवा र कूला सबै अन्योलमा पर्छन् । किन रु कसले रु र केका लागि रु हामीलाई आमन्त्रण गरेको हो । हामीलाई सम्झेको हो । न धारा, पँधेरा र पोखरीलाई थाहा छ, न मठमन्दिर र पाटीपौवालाई नै । पुल–पुलेसा र कूलालाई झन् थाहै थिएन । थाहा थिएन र त जानुपर्ने थियो, थाहा पाउँनका लागि– तोकिएको मितिमा, तोकिएको समय र स्थानमा । मिति आज अर्थात् माघ बीस ।

माघ बीसको बिहानी समय । पूर्वबाट पश्चिमतिर बतिदैँँ आएका एक हूल सिरेटोले शरीर नै सिरिङ्ग हुने गरी चुम्बन गरेर जान्छन् । ताराका हुन् रु या जूनका रु खै केका आँशु हुन्, मोतिका दानाजस्तै टिलिक्क टल्किएका छन् । हरियो दुबोमाथि । क्षितिजबाट धर्तीमा प्रेम गर्न आइपुगेका एक हुल घामको तातो अँगालोसँगै बिलाएर जान्छन्, मोतिका दाना । एक हुल बादलको टुक्राटाक्रीबीच दौड प्रतियोगिता ष्स्तै देखिन्छ, धर्तीबाट आकाशमा हेर्दा । एकलाई पछ्याउँदै अर्को दौडिरहेका । हिमाल पनि फुलेर सेतै भएछ, हाम्रो घरै छेउकी लाउरेनी बज्यैजस्तै । एक जोडी सरेउ उत्तरबाट दक्षिण उड्दै गएर हराए– रुखहरुको बस्तीमा । ह्याँई गरेर प्रेमले दुध खान बोलाउँछे, आफ्नो पाडोलाई गोठमा बाँधिएको काली भैँसी । म्याँ–म्याँ गरेर खोरबाट खानाको अर्डर गर्छन्– घोर्ली र बथानी । भर्खर जवानीको लाली चढेर क्यार–क्यार गर्न लागेको सेतो पोथीको प्रेममा पागल भएर पछि लागेको छ, गुराँसजस्तै रातो सिउर भएको कालो भाले । छोराछोरी परदेशिएर हो या जीवनसंगीनीले छोडि गएर हो, बकैनाको हाँगामा झोक्राएर बसेको छ– एउटा बूढो काग । चिलाउँनेको एउटा लिखुरे हाँगोमाथि बसेका जोडी ढुकुरको चर्तिकला हेर्न लायक छ ।

आपसमा स्पर्श मात्र गरिरहेका जोडी, प्रेमको स्वर्गीय आनन्दमा डुबुल्की मार्न होला अधरपान लिने प्रयास गर्छन् । हेर्दाहेर्दै सायद भाले होला पोथीमाथि चढ्न खोज्छ । तर हाँगो लिखुरे भएकाले हाँगोले एकै ठाउँमा पर्न गएको डबल भार थाम्न सक्दैन र झुकिदिन्छ,लठ्ठी टेकेर धर्तीमा झुकेको बूढो मानिस झैँ । दुवै तलसम्म लठारिँदै झर्छन् र हावामा कावा खाँदै फेरी आएर बस्छन्, उही लिखुरे हाँगोमा । उही प्रक्रिया, उही झराई । पाँच–छ चोटीको पुनरावृतिपछि थाकेर हो या चरम उत्कर्षमा पुग्ने रहर जागेर हो, समीपैको अलि दह्रो हाँगामा गएर बस्छन्– भाले र पोथी । सायद भाले नै होला– पोथीको पिठ्युमा चढ्छ र चुच्चोले टाउकोमा समाएपछि पोथीले पछाडीको भाग थोरै उठाउँछे । भालेले पछाडीको भाग थोरै झुकाउँछ । दुवैले केही सेकेण्डसम्म प्र्रेमको स्वर्गीय आनन्द मनग्य उपभोग गर्छन् र भुर्रर उडेर जान्छन् कतै सायद आफ्नो घर ।

पुल–पुलेसा, धारा, पँधेरा र पोखरी, कूला, सडक र मठमन्दिरलार्ई मान्छेलाई जस्तो हतार थिएन । र त, सडकको छातीमा टेकेर, पुलको बाटो भई, मन्दिरको छेवैबाट बतिँदै हिड्ने बस, ट्रक, बाईक, साईकल र मान्छेलाई स्थीर भएर हेर्थे उनीहरु । जानुपर्ने कहीँ थिएन र छाती फर्काएर लम्पसार परेर सुत्थे– सडक । डोरी झैँ खिरिलो भई तिनिक्क जीउ तन्काउँथे– कूला । मुर्कुटाझैँ उभिएर सर्पलेझैँ जिब्रो निकाल्थे– धारा । भ्यागुता, चेपागाँडा र माछाको पौडी हेरेर दिन कटाउँथे– पँधेरा र पोखरी । कोशी र खोलाको चिसो पवन खाँदै तुर्लुङ्ग झुन्डिएर सुस्ताउँथे– पुल । असाहय र वृद्ववृद्वाको अनुहारमा प्रष्ट देखिने छोराछोरी र आफन्तको तस्विर हेर्थे– पाटीपौवा र सत्तल । साँझ–बिहान विभिन्न मनोकामना लिएर पाउ पर्ने मान्छे हेरेर हाँस्थे– सगरमाथासँग प्रतिस्पर्धा गरुँला झैँ अग्लिएका मन्दिर ।

तर आज हतारो छ । सर्पझैँ लमतन्न सुत्ने– सडकहरुलाई । अचानोले खुकुरीको चोट सहेझैँँ, पानीको तिव्र वहावलाई सहेर किसानका खेत र बारीका गह्रा हराभरा पार्ने– कूलाहरुलाई । दलिनमा डोेरीको सहायताले झुन्डिने कोक्राझैँ, चारवटा खम्बाहरुको बीचमा लठ्ठाहरुको सहायतामा तुर्लुङ्ग झुन्डिने– पुलहरुलाई । धाराहरुलाई, पाटीपौवा, सत्तल र मठमन्दिरहरुलाई ।

दश बज्नै लाग्दा तोकिएको स्थानमा सबै जम्मा भए । घाँसको गलैँचा ओछ्यार्ईएको ठुलो जंगल बीचको सानो चौरीमा । एउटैभित्र पनि धेरै रुपका । सबैका विभिन्न आकार र प्रकार । कूला– ठुला कूला, मझौला कूला र साना कूला । सडक– मुख्य सडक, सहायक सडक, पीच सडक र धुले सडक । धारा– काठे धारा, ढुङ्गे धारा र सिमेन्टेट धारा । मठमन्दिर, पाटीपौवा र पँधेरा, पोखरीका पनि आ–आफ्नै आकार प्रकार र रुप । केही नयाँ चिजलाई देखेपछि उत्सुक हुने बालकझैँ, सबै उत्सुक छन् । तर छन् सबै मौन । जंगलबीचको चौरीमा भेला भएका धारा, पँधेरा र पोखरी, पुल–पुलेसा, कूला, मठमन्दिर र पाटीपौवाको मौनतालाई चिर्दै सडक बोल्यो– “नमस्कार, म सडक । मुख्य सडक, सहायक सडक, पिच सडक, धुले सडक । जे होस् म सडक । राजधानीदेखि सदरमुकाम र सदरमुकामदेखि दूर–दराजका गाउँ–गाउँ र बस्ती–बस्ती जोड्ने म सडक । चालीस–पचास किलोका साईकलदेखि हजारौँ टनसम्मका बस, ट्रक र डोजरहरुलाई हाँसी–हाँसी छात्ती फर्काएर, छातीमै राखेर दौडाउँने म सडक ।

आफू भीर र पहरामा झुन्डिएर, घुम्ति र मोड बन्दै भए पनि मान्छेको जीन्दगीको मोेड र घुम्तिलाई सरल र सहज पारिदिने म सडक ।” यति भनेर सडक टक्क रोकियो । सियो खसेको आवाज पनि सुनिएलाजस्तो गरी वातावरण पुरै मौन छ । लाटोले।।।।हेरेझैँ, सबै एकअर्कोलाई हेरीमात्र रहेका । सबैलाई एकएक गरी हे¥यो र यसो जीउ नि तन्काएजस्तो गरी सडक पुनःबोल्न थाल्यो– “सबै आश्र्चयमा हुनुहुन्छ होला । यो घना जंगलबीचको यो सानो चौरीमा कसले रु किन रु र केका लागि रु आमन्त्रण गरेको हो । सम्झेको हो भनी । आश्र्चय नमान्नुस्, आज हामीलाई यहाँ कसले रु किन रु र केका लागि रु आमन्त्रण ग¥यो, सम्झ्यो । यी रहस्यका पर्दाहरु बिस्तारै खुल्दै जानेछन् । रहस्यका पर्दाहरु खुलेसँगै रहस्यहरु पनि जरुर खुल्ने छन् । केही थाहा नहुँदा नहुँदै पनि आकाशवाणीको उर्दी मानेर यहाँ उपस्थित भईदिनुभएकोमा यहाँहरु सबैलाई हार्दिक धन्यवाद । आज यहाँ कसले र किन रु बोलायो सुन्न चाहनुहुन्छ रु”– सडक अलि ठुलो स्वरमा बोल्यो । फूलका कोपिलाजस्तै स–साना नानीबाबुहरुले स्कूलमा, मीसले कपुरी ‘क’ भनेपछि एकै स्वरमा चिच्याएर कपुरी ‘क’ भनेजस्तै गरी सबै एकै स्वरमा चिच्याए– “चाहन्छौँ ।” सबैले चाहन्छौँ भनेर उत्सुकता देखाएपछि, सडक मुसुमुसु हाँसे जस्तो ग¥यो र भन्यो– “आकाशवाणीबाट छलफल र भेलाका लागि उर्दी जारी गराउँने मै हुँ ।” सधैँ मिठाई मात्र खाईरहने बालकले अचानक कसैबाट बिस्कुट पाएपछि छक्क परेर हेरेझैँ, सबै छक्क परेर सडकको मुखमा हेर्ने थाले ।

सडकको छेवैमा लमतन्न बसेको पुलले प्वाक प्रश्न ग¥यो– “तपाँईको आवाज त हैन त्यो रु” सडकले पुलतिर हेर्दै भन्यो– “ठीक भन्नुभयो तपाँईले, त्यो आवाज त मेरो हैन । तर भनिन्छ नि गर्नेभन्दा गराउँने ठुलो । हो, यस आधारमा भन्ने हो भने आकाशवाणीबाट छलफल र भेलाका लागि उर्दी जारी गराउँने मै हुँ ।” मान्छेको विश्वासमा अग्लिएको मन्दिरलाई सडकको कुरामा विश्वास लागेन र शीरको टोपी चुच्चो पार्दै सोध्यो– “कसरीरु” “यो कसरीको पछाडी नि मन्दिर भाई एउटा लामै कथा छ ।” सडकले मन्दिरतिर हेर्दै भन्यो । छाती चौडा पा¥यो र गर्दन नि तन्काए जस्तो गरेर भन्यो– “के सुन्न चाहनुहुन्छ रु” फेरी उही बच्चालेझैँ, सबैले एकै स्वरमा भने– “चाहन्छौँ ।” ल उसो भए ध्यान दिएर सुन्नुस्, यो कसरी रु पछाडी लुकेको रमाईलो कथा–
एकदिन रातको समयमा स्वर्गका राजा इन्द्रदेव धर्तीमा भ्रमण गर्न भनी आएका रै‘छन् ।

संयोग नै भनौँ या के भनौँ, घोरेटो बाटो छिचोलेर इन्द्रदेव मेरो छातीमा टेक्दै अगाडी बढि रा‘रैछन् । अगाडी बढ्ने क्रममा मलाई कहीँ धुलैधुलो, कहीँ बिफरले खाएको छ्याके अनुहारझैँ, खाल्टाखुल्टी र कहीँ लुतोको रोगीले कन्याएर छालाको पाप्रा उप्केकोझैँ मेरो धुले र हिलाम्मे शरीरको त कुरा नगरौँ० सिमेन्टेट शरीरको पनि पाप्रा उप्केको देखेपछि, उनलाई मेरो र तपाईँहरुको बारेमा जान्ने इच्छा भएछ । त्यसैले उनले मलाई तीन–चार चोटी बोलाए रे । तपाईँहरुलाई त थाहै छ, म दिनभरी कति व्यस्त रहन्छु । दिनभरी मान्छेको, बसको, ट्रकको, बाईकको, साईकलको र डोजरको भारले थिचिएर थाकेछु क्यारे झकाउँन ला‘रछु । काँ–काँ कसैले बोला जस्तो लाग्यो र उठेँ । म उठेको देखेपछि उनैले भने– “सडक भाई, म स्वर्गको राजा इन्द्र । स्वर्गमा बस्दा–बस्दा दिक्क लागेर, धर्तीको भ्रमण गर्न आ’को । धर्तीमा त स्वर्गको आदि ‘स’ पनि देखिँन । कहीँ धुलैधुलो, कहीँ हिलैहिलो र कहीँ खाल्टैखाल्टा । तिमीजस्तै तिम्रा साथीहरुको अवस्था पनि त्यति राम्रो देखिँन । कोही भत्किएका, कोही लडेका र कोही चुँडिएका । ९पानीको तिव्र वहावलाई थाम्न नसकेर भत्केका कूला, जीवनको रंग उडेजस्तै उदास मुद्रामा उभेका र लडेका मन्दिर, हात र खुट्टा चुँडिएका पुल० ।” इन्द्रदेव म बीच लामै कुराकानी भयो । हिँड्ने बेलामा उनले काँधमा धाप मार्दै भने– “ल भन सडक भाई, म तिम्रो लागि के सहयोग गर्न सक्छु रु” मैले नि यसो सोचेँ र भने– “इन्द्रदेव, यो जिल्लाको नगरपालिकामा र गाउँपालिकामा भएका पुल–पुलेसा, धारा, पँधेरा र पोखरी, मठमन्दिर, पाटीपौवा र सत्तल सबैलाई माघ बीस गते बिहान दश बजे ठुलो जंगलबीचको सानो चौरीमा उपस्थित हुनु भन्ने उर्दी जारी गर्दिनुन ।

मान्छेले चैँ नसुनुन् ताकि हाम्रो यो गोप्य योजनामाथि षड्यन्त्र गर्न नसकुन् । सायद ठुलै कुरा माग्छ भने सोचमा थिए होलान् । तर मेरो माग सुनेपछि,उनी मुसुक्क हाँसे । केहीबेर आँखा चिम्म पारे । सायद केही सोचेका होलान् । केही मिनेटको सन्नाटालाई चिर्दै उनी बोले– “ल म तिमीले भनेजस्तै गर्दिन्छु, म अहिले गएँ ।” उनी गए । म नव दुलही श्रीमतीले आफ्नो श्रीमान् घर छोडेर परदेशिँदा हेरेजस्तै गरी न खुशीको भनौँ, न दुःखको भावमा ओझेल नपरुन्जेल हेरिरहेँ । र, यो सब यसरी भयो ।” यति भनेर सडक यसरी रोकियो । मानौँ, रोकिनुभन्दा अघि त्यहाँ ऊ बोलेकै थिएन ।

केहीबेरको खासखुस र कानेखुशीलाई चिर्दै सडक पुनः बोल्न थाल्यो– “यो त भयो कसले रु र किन रु यहाँ बोलायो भन्ने बारेमा । यो त सामान्य कुरा भयो । हुन्छ र भएकै छ । महत्वपूर्ण कुरा त यो हो, आज हामी यहाँ किन रु र केका रु लागि उपस्थित छौँ भन्ने रु कसैलाई केही था‘छ रु” सबैलाई हेर्दै सडक बोल्यो । किन होला त भन्ने सोचमा बगिरहे– कूला । शिक्षकले प्रश्न सोध्छन् कि भन्ने डरले घोसेमुन्टो लाउँने विद्यार्थीलेझैँ घोसेमुन्टो लाएर जमिनतिर हेरिरहे– धारा । हात र खुट्टा जमिनमा टेकेर छाती आकाशतिर फर्काउँने मानिसलेझैँ, छाती आकाशतिर फर्काएर सोचका खम्बाहरुबीच तुर्लुङ्ग झुण्डिरहे– पुल । यो गर्न हो कि रु त्यो गर्न हो कि रु हैन, यसो गर्न चाहिँ होला रु हैन–हैन, त्यसो गर्न चाहिँ पक्कै हो भन्दै मनमनमै सोच र विचारका इँटा थपिरहे– मन्दिर । वक्य बसेको लाटोलेझैँ, कसैले पनि मुख नखोले पछि सडक आफैँ बोल्यो– “खोई, कसैले केही त बोल्नुभएन रु हामी यसरी चुप लागेर बस्नु नै हाम्रो अद्योगतिको मुख्य कारण हो ।

भनिन्छ नि, बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन । हामी अहिलेसम्म नबोली बस्यौँ । अझ भनौँ सह्यौँ । अब सहनु हुन्न ।” दार्शनिकले बोलेका कुरा सर्वसाधरणले नबुझेजस्तै, सडकले बोलेका कुरा पुल–पुलेसा, धारा, पँधेरा र पोखरी, कूला, मठमन्दिर, पाटीपौवा र सत्तलले पनि केही बुझेनन् । केही नबुझेपछि कूलाको छेवैमा आड लागेर बसेको पोखरीले हिम्मत बटुलेर भन्यो– “सडक दाई, तपाँईका यी जेरीजस्ता घुमाउरा कुरा मैले त केही बुझिँन । सायद तपाँई बाहेक अरुले पनि बुझेजस्तो मलाई लाग्दैन ।” एकचोटी सबैको अनुहार सरर पढ्यो र भन्यो– “कुरा के होरु प्रष्ट भन्नुस् ।” अरुलाई पनि पोखरीले मनकै कुरा बोल्दिएजस्तो लागेछ क्यारे । सबैले हो मा हो मिलाए । सडकले घाँसको सानो त्यान्द्रो हातमा लियो र औँलाहरुले यसरी घुमायो, जसरी घुमाउँछ बालकको हातको फिरफिरे हावाले । देख्नेहरुले घाँसको त्यान्द्रो मात्रै घुमाको देखे । तर सडक घाँसको त्यान्द्रो मात्रै घुमाइरहेको थिएन । घाँसको त्यान्द्रोसँगसँगै सोचका त्यान्द्रा पनि घुमाईरहेको थियो । घाँसको त्यान्द्रो फुत्त फाल्यो र सबैलाई यसरी नियाल्यो, मानौँ ऊ सबैलाई पहिलोचोटी देख्दै छ । केही बेरको शुन्य परिवेशमा मसिनो आवाज निकाल्दै सडक बोल्न थाल्यो– “म तपाँईहरुलाई सबै कुरा सरल र बुझिने तरिकाले भन्छु र मेरा कुराहरु पनि बताउँछु । मैँले मेरा र मलाई लागेका कुराहरु बताएपछि, तपाँईहरुले पनि पालैपालो तपाँई र तपाँईहरुलाई लागेका कुराहरु पनि बताउँनुपर्छ नि रु”– सडकले प्रश्न तेस्र्यायो । दोबाटोमा पुगेर दुविधामा परेको बटुवाझैँ, सबै दुविधामा परे । के गरुँ–के गरुँ रु को मनस्थितिमा गम खाइरहे । अन्ततः सबैले हुन्छ भनेर सहमती जनाए । बोल्नेको पालो तोकियो । पहिला सडक, त्यसपछि कूला, पुल, धारा, मठमन्दिर क्रमश……..

सडक बोल्यो थाल्यो– “मान्छेको अत्याचारको महशुस त तपाँईहरु सबैले गर्नुभयो होला रु तर बोल्ने हिम्मत जुटाउँन सक्नुभएन । निर्धो मान्छेलेजस्तै । हामीलाई भनेर छुट्याएको करौडौँको बजेट केही टाठाबाठा र शत्तिवालाहरुले हामीमाथि कनिका फ्याँकेर आफ्नो, आफन्तको खल्ती र खाता भर्दा पनि हामी चुप लागेर बस्यौँ । अन्याय हो भन्ने जान्दाजान्दै पनि केवल आँशु खसालेर अन्याय सहिरहेकी बलात्कृत चेलीलेजस्तै, सहिरह्यौँ ।”

“नगरपालिका र गाउँपालिकाले लाखौँ–करोडौँको बजेट मलाई अर्थात् हामीलाई ९सडकलाई० छुट्याएको कुरा जब मान्छेहरुले कुरा गर्दै हिँडेको सुन्छु, तब म पनि खुशी हुन्छु । सपना बुन्न थाल्छु– त्यो लाखौँ करोडौँको बजेट जब मेरो रोगी र जीर्ण शरीरको उपचार र शृङ्गार पेटारमा खर्च गरिने छ, तब म पनि कति राम्रो हुन्छु होला । म राम्रो भएको देखेपछि दमको रोगीले झैँ घ्यारघ्यार र घुर्घुर् गर्ने बस, ट्रक र बाईक पनि खुशीले पिलित–पिलित चिप्लिन्छन् होला । पैदलै मलाई नाप्दै गर्दा धुलो नउडेपछि पैदलै मलाई नाप्नेहरु पनि खुशी हुन्छन् होला । बाउआमाको खुशी छोराछोरीमा गाँसिएजस्तै, यिनीहरुकै खुशीसँग मेरो पनि खुशी गाँसिएको पाउँछु र म नि खुशी हुन्छु । तर यो खुशी त पाहुनाजस्तै हुँदो र‘च । दुई–चार दिन बसेर गैहाल्ने । हप्ता दिन, महिना दिन नबित्दै, जब मेरो शरीरका पाप्रा उप्कन थाल्छन् । तब मलाई मान्छेहरु छि १ कस्तो फोहोरी सडक, खाल्टे सडक, धुले सडक भन्दै हिँड्छन् ।

म दु ः खी हुन्छु । मेरो के गल्ती यसमा रु ९सबैलाई प्रश्नवाचक आँखाले हेर्छ, सडक० म यिनै मान्छेको सेवामा चौबिसै घण्टा लम्पसार परिरहन्छु । तर मलाई यिनै मान्छेहरु गाली गरिरहन्छन् । मुख छोप्छन् । थुक्छन् । मान्छेको दोष मान्छे किन देख्दैनन् रु र, पीडा मलाई दिइरहन्छन् । यो पीडा वर्षौँदेखि भोग्दै आएँ र मलाई छुट्याएको खाना खाने खन्चुवाको विरुद्ध अब पनि आवाज उठाउँन सकिँन भने वर्षौँ सम्म पनि यो पीडा भोगिरनु पर्ने छ । तर अब म सहँन्न । तपाँईहरुले साथ दिए ठिकै छ, नदिए म एक्लै पनि लड्ने छु । भनिन्छ नि जहाँ इच्छा, त्याँ उपाय । हो मैले त्यस्तो उपाय खोजिसकेको छु । जुन उपाय सुनेर तपाँईहरु पनि छक्क मात्र हैन, तिन छक्क पर्नु हुनेछ । सुन्न चाहनुहुन्छ रु” – सडकले सबैमा प्रश्न ग¥यो । उत्तरमा– “हुन्छ” भावमा सबैले मुन्टो हल्लाए । सडक भन्न थाल्यो– “पहिलो उपाय त, तपाँईहरुसँगै मिलेर भ्रष्टचारीका विरुद्ध आवाज उठाउँने । यदि त्यसो हुन सकेन भने, भ्रष्टचारीहरु जब बाईक वा गाडी लिएर ९भ्रष्टचारी को–को हुन् भन्ने कुरा मलाई पहिला नै थाहा हुनेछ, मान्छेले कुरा गर्दै हिँडेको सुनेर० मेरो छातीमाथिबाट अगाडी बढि‘रा हुन्छ । तब ऊ एकान्तमा पुग्नासाथ म उसको बाईक वा गाडी सहितको भागमात्र तल भासिँन्छु । ऊ आँतिनेछ र मलाई सोध्नेछ– “सडक १ तैँले यो के गरेको रु” म भन्नेछु– “तेरो बाहन सहितको भागमात्र तल भास्सेको ।” उसले फेरी सोध्नेछ– “किन रु मैले के गरेँ र रु म र मेरो वाहनलाई मात्र भ‘साको रु” म भन्नेछु– “तँ र तैँजस्ता भ्रष्टचारी सबैलाई यसैगरी भसाउँनेछु । तैँ हैन, मेरो लागि भनेर छुट्याएको लाखौँ–करोडौँको बजेट हिनामिना गरेर आफ्नो र आफन्तको खल्ती र खाता भर्ने । मेरा सपनाहरुमा, मेरा रहरहरुमा र मेरा खुशीहरुमा भ्रष्टचारको अणुबम प्रहार गर्ने । देशी र विदेशीहरुबीच छि ः छि ः र दुरदुर गर्ने बनाई, पुटुक्क परेको पेट हल्लाउँदै शानसँग हिड्ने ।” उसले फेरी अनुरोध गर्ने छ– “गल्ती भयो, एकचोटीलाई माफ देऊ रु” म भन्नेछु– “माफ त दिन्छु, तर एउटा सर्तमा रु” उसले सोध्नेछ– “सर्त के हो रु” म बताउँनेछु– “अबदेखि मलाई छुट्याएको रकममाथि ¥याल चुहाउँन पाउँने छैनस् । र, पहिला खाएको सबै रकम नगरपालिका र गाउँपालिकामा फिर्ता गर्नुपर्नेछ ।” उसले अनुरोधसँगै प्रस्ताव गर्नेछ– “हैन त्यसो नभन, बरु म तिमीलाई नि केही हेरिदिउँला रु हामी नै बसेर कुरा मिलाउँ न रु” म तनक्क छाती तन्काउँदै, शीर पनि ठाडो पारेर शानसँग भन्नेछु– “हड्डीको लागि कुकुरले ¥याल चुहाए जसरी, पैसाका लागि म ¥याल चुहाउँन सक्ँिदन । चुहाउँदिन । लाखौँको खुशी खोसेर तँ एक्लै हाँस्न चाहन्छस्, तँ एक्लै बाँच्न चाहन्छस् । तर म आफु दुखेरै पनि लाखौँलाई हसाउँन चाहन्छु ।

हाँसेरै बाँच्न चाहन्छु ।” जीवनभर पैसाका लागि दौडिने मान्छेलाई पनि जीवनको अन्तिम पलमा जीवन रोज्छस् कि पैसा भनेर सोध्ने हो भने, नसोची भन्नेछ– जीवन । हो, उसले पनि नसोची जीवन रोज्ने छ । म एकचोटीलाई माफ दिनेछु र पहिलेकै अवस्थामा आउँनेछु । ऊ जानेछ । फेरी पहिलाकैजस्तो ग¥योे भने ऊ र ऊ जस्ता सबैलाई सधैँका लागि पातालमै भसाइदिनेछु ।” यति भनेर सडक रोकियो । सडकका अनुहारमा दौडिरहेका आक्रोशका रेखाहरु पनि विस्तारै शान्त हुँदै गए।
सडकपछि बोल्ने पालो कूलाको थियो । कूलाले सरर एकचोटी सबैलाई नियाल्यो र थोरै लजाएजस्तो गरी बोल्न सुरु ग¥यो– ”सडक दाईलाई जस्तै मलाई पनि नगरपालिका र गाउँपालिकाले वर्षेनी लाखौँ बजेट छुट्याउँछन् । म नि खुशी हुन्छु । बाउआमाले छोराछोरीलाई लिई सपना बुनेजस्तै म नि सपना बुन्न थाल्छु । कल्पन्छु, मेरो शरीरमा खन्ती, कोदाला र गैँती चल्नेछन् । तर सहन्छु, काँचो माटोले सुन्दर भाँडाको रुप धारण गर्नु अघि, आगोको राप सहेजस्तै । जसरी गाजल, लाली र पाउडरले शृङ्गारिएर प्रेमीका प्रेमीको प्रतिक्षामा बस्छे । प्रेमी आफ्नी राम्री प्रेमीकालाई देखेर खुशी भएजस्तै, म नि त्यसैगरी बालुवा र सिमेन्टले शृङ्गारिएर पानीको प्रतिक्षामा बस्छु । जब पानीले मलाई देख्छ, तब ऊ पनि कति खुशी हुन्छ होला । पहिला त मलाई देखेर हिड्न पनि अल्छी मान्ने पानी, अब त मेरो पोटिलो जीउ र चिल्ला गाला मुसार्दै खुशीले खेत र बारीका गह्रा भेट्न हतारिन्छ होला । म राम्री भएको खबर धर्ती च्यातेर आकाश हेरिरहेका वोटबिरुवालाई नि सुनाउँछ होला । वोटबिरुवा नि पानीको न्यानो स्पर्श पाएपछि, खुशीले हलक्क बढ्छन् होला । वोटबिरुवा नि हलक्क बढि सप्रेको देखेपछि किसान पनि खुशी हुन्छन् होला । बाउआमाको मुहारमा खुशी देखेपछि छोराछोरी झन् कति खुशी कति हुन्छन् होला ।

एउटाको खुशीसँग कतिको खुशी जोडिएर आउँदो रहेछ । म सोच्छु । कल्पनाको रनवेएमा सपनाको हवाईजहाज जब टक्क रोकिन्छ, तब म यर्थाथमा आउँछु । यर्थाथमा त कुमारी आमाले बच्चाले सुन्दर संसारमा पाइला टेक्नु अघि नै घाँटी थिचेर हत्या गरेजस्तै, केही मान्छेहरु हामीलाई छुट्याएको बजेटमाथि ¥याल चुहाएर हाम्रो खुशीहरुलाई हत्या गर्न तम्तयार भएर बसेका हुँदा रैछन् । वर्षौँदेखि हामी लुटिएको, हामी ठगिएको हामीले पत्तै पाउँन सकेका रैन‘छौँ । था‘पार पनि वास्तै गरेका रै‘नछौँ । तर आज सडक दाईले भनेपछि हामी सचेत भएका छौँ । हाम्रो आँखा खुलेको छ । अब हामी भ्रष्टचारीका विरुद्ध जुनसुकै कदम चाल्न पनि तयार छौँ ।” यति भनेर कूलो रोकियो । सधैँ खेत र बारीका गह्रा भेट्न हतार गरिरहने कूलाले यसरी बोल्छ भन्ने कसैले पनि सोचेका थिएनन् । सबै आश्र्चयमा परे ।
सडक र कूलापछि बोल्ने पालो पुलको थियो । पुलले अब के बोल्ने होला भन्नेमा सबै उत्सुक थिए । पुल आफू बसेको ठाउँबाट जुरुक्क उठ्यो र पन्ध्र–बीस पाईला जति सरासर अगाडी बढ्यो । दायाँ पाइला बायाँतिर र बायाँ पाइला दायाँतिर पारेर फनक्क फर्क्र्यो र हे¥यो, अघि आफू उठेर आएको ठाउँतिर । अनि एकचोटी आँखा सरर चौरभरी नै बिछ्यायो । धर्ती र आकाश जोडिएजस्तै देखिने ओठ बिस्तारै खोल्यो र भन्यो– “नमस्कार, म पुल अर्थात् पुरै लमतन्न म । यसरी लमतन्न परेरै थुप्रै वसन्त कटाईएछ । थुप्रै शिशिर पचाईएछ । ९छातितिर इङ्गित गर्दै० यही छातीमा टेकेर विद्यार्थी आयो, गयो । शिक्षक आयो, गयो । व्यापारी आयो, गयो । किसान आयो, गयो । को आएन र रु को गएन र रु मेरो छातीमा टेकेर । जीन्दगीका रंगीन सपना सजाउँदै–सजाउँदै । तर म जान सकिँन ।

खोला छोडेर, नदी छोडेर । सोच्थेँ– जब खोला, जब नदी मलाई छोडेर जानेछन् । तब म पनि यी मान्छेहरुलाई छोडेर जानेछु । तर न खोला गयो, न नदी गयो । र न म नै जान सकेँ, यी मान्छेहरुलाई छोडेर । बरु गए थुप्रै मान्छेहरु मलाई, खोलालाई, नदीलाई र आफू जन्मेकै ठाउँलाई छोडेर । परदेशिएका छोराछोरीलाई पिँढीमा बसेर वृद्ध बाआमाले कुरेझैँ, मैले नि कुरिरहेँ अलिकति खोलालाई, त्यो भन्दा बढी नदीलाई र सबैभन्दा बढी त यी मान्छेहरुलाई ।” यति भनेर पुल केही सेकेण्ड रोकियो र रोकिँदै गर्दा थोरै भावुक पनि देखियो । परिवेश पुरै शुन्यतामा डुब्यो । केही सेकेण्ड शुन्यतामा डुबेको शुन्य परिवेशमा पुन ः आवाज निकाल्दै पुल बोल्न थाल्यो– “खस्किँदै गएको यो शरीर तेस्र्याएर अब त खै, कतिन्जेल पो खोला, नदी र मान्छेलाई गन्तव्यमा पु¥याउँन सकिएला र रु अब त यो जीर्ण शरीरले धेरै भार थाम्न पनि नसक्ने भएको छ । आफ्नोभन्दा पनि झोलाभरी किताब र मनभरी कलिला सपना बोकेर हिड्ने विद्यार्थीको, माटोको सुगन्ध लिँदै खेत र बारीमा आफ्नो र परिवारको सपना फूलाउँन हिँडेको किसानको, मनभरी उत्साह र दिमागभरी ज्ञानको भण्डार लिएर चेतनाको बिज रोप्न हिँडेको शिक्षकको सम्भावित मृत्यु देखेर दुःखी हुन थालेको थेँ । तर आज यहाँ आएर सडक दाई र पुल भाईको कुरा सुनेपछि म भित्र पनि हिम्मत पलाएको छ । साहस बढेको छ । केहीसँग विद्रोह गरेरै, अब जसरी पनि मैँले यीनीहरुलाई र यीनीहरुजस्तै अरुलाई पनि बचाउँनु छ । बाँच्नु छ ।” यति भनेर पुल रोकियो । पुलको कुरा सुनेर सबैमा अनौठो चमक देखियो । अरुमा आएको चमक देखेर, पुल झन् खुशीले चम्कियो ।
पुलपछि क्रमशः धारा, पँधेरा र पोखरी, मठमन्दिर, पाटीपौवा र सत्तलले पनि आ–आफ्ना सपना र कल्पना, यर्थाथ वास्तविकता र भ्रष्टचारीका विरुद्ध आफूले चाल्ने भावी योजनाहरु एक–एक गरी सबै सामु राखे ।
मान्छे आफूलाई बहुतै चलाख र बुद्धिमान हँु भन्ने घमण्ड बोकेर हिड्छ । तर कतिखेर ऊ बुद्धु भैसक्छ पत्तैै पाउँदैन । यहाँ पनि सडक, कूला, पुल–पुलेसा, धारा, पँधेरा र पोखरी, मठमन्दिर, पाटीपौवा र सत्तलले मान्छेलाई बुद्धु बनाएर सभा सम्पन्न गरे र आफूले चाल्नुपर्ने भावी योजना र रणनीति बोकेर आ–आफ्नो बाटो लागे ।
र म, यतिखेर सोचिरहेछु– सडक, कूला, पुल–पुलेसा, धारा, पँधेरा र पोखरी, मठमन्दिर, पाटीपौवा र सत्तलले साँच्चै त्यसै गरे भने………..

प्रकाशित मिति १ भाद्र २०७७, सोमबार १६:०५
प्रतिक्रियाहरू