गजल – राेजिना पराजुली

गजल – राेजिना पराजुली

राेजिना पराजुली

@Mayur Times

२०७७ भदौ २५ गते बिहिबार ०६:४८

१२२ १२२ १२२ १२२ भए साथ तिम्रो सुखी जिन्दगानी मिले हात प्यारा सुनौलो जवानी म बिर्सूँ कसोरी म बांचूँ कसोरी बगाएर धारा नज़रबाट पानी दिनू एक माफ़ी तिमीले पियारा गरेकी छु गल्ती स--साना नजानी सजाएर आऊ ख़ुशीको खजाना बनें आज तिम्रो म साझा...

१२२ १२२ १२२ १२२
भए साथ तिम्रो सुखी जिन्दगानी
मिले हात प्यारा सुनौलो जवानी

म बिर्सूँ कसोरी म बांचूँ कसोरी
बगाएर धारा नज़रबाट पानी

दिनू एक माफ़ी तिमीले पियारा
गरेकी छु गल्ती स–साना नजानी

सजाएर आऊ ख़ुशीको खजाना
बनें आज तिम्रो म साझा सिरानी

दुखेको छ ज्यादा बने मीत घाती
छ यो चोट कालो उसैको निशानी।

प्रकाशित मिति २५ भाद्र २०७७, बिहीबार ०६:४८
प्रतिक्रियाहरू