अष्ट्रेलियाविरुद्ध ओडिआई सिरिजका लागि इङल्याण्ड टिमको घोषणा

अष्ट्रेलियाविरुद्ध ओडिआई सिरिजका लागि इङल्याण्ड टिमको घोषणा

सागर नेपाल

@Mayur Times

२०७७ भदौ २४ गते बुधबार ०५:१५

इङल्याण्ड अष्ट्रेलिया बीच हुने तीन ओडिआई सिरिजको लागि इङल्याण्डले आफ्नो १४ सदस्यीय खेलाडीको नाम सार्वजनिक गरेको छ । जसमा अघिल्लो सिरिजमा पाकिस्तानसँग भएको टिममा नअटाएको जेसन रोएले टिममा पुनरागमन गरेका छन् । यस्तै डेविड मलान...

इङल्याण्ड अष्ट्रेलिया बीच हुने तीन ओडिआई सिरिजको लागि इङल्याण्डले आफ्नो १४ सदस्यीय खेलाडीको नाम सार्वजनिक गरेको छ । जसमा अघिल्लो सिरिजमा पाकिस्तानसँग भएको टिममा नअटाएको जेसन रोएले टिममा पुनरागमन गरेका छन् ।

यस्तै डेविड मलान लाई रिजर्भ खेलाडीको रुपमा इङल्याण्डले टिममा समावेश गरेको छ । त्यस्तै अन्य खेलाडीमा ओएन मोर्गन (कप्तान), मोइन अलि, जोफ्रा आर्चर, जोनी वेस्वटो, टम बेन्टन, सेम विलिङ, जोस बटलर, सेम करन, टम करन, अदिल रसिद, जोय रुट, क्रिस बोक्स र मार्क उड टिममा अटाएका छन् । इङल्याण्ड अष्ट्रेलिया ओडिआई सिरिज ११ सेप्टेम्बरदेखि सुरु हुँदैछ

प्रकाशित मिति २४ भाद्र २०७७, बुधबार १७:१५
प्रतिक्रियाहरू