थप १०८१ जनामा देखियो कोरोना

थप १०८१ जनामा देखियो कोरोना

मयूर टाइम्स

@Mayur Times

२०७७ भदौ २४ गते बुधबार ०४:३१

अद्यावधिक विवरण अनुसार बुलबार नेपालमा १०८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा १०८१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिंगमा...

अद्यावधिक विवरण अनुसार बुलबार नेपालमा १०८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा १०८१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिंगमा जनाकारी गराइएको हो ।

यो संगै नेपालमा अहिलेसम्म संक्रमितको संख्या ४९ हजार २१९ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा. जागेश्वर गौतमले बताए । मंगलबार मात्रै देशभर ९७९ जनामा काेराेना संक्रमण पुष्टि भएकाे थियाे ।

हाल नेपालमा १५ हजार २५ सक्रिय संक्रमित रहेका छन् । पहिल्लाे २४ घण्टामा ९१८ काेराेनाकाे संक्रमणबाट निको भएर घर फर्किएका छन् । हालसम्म जना काेराेना मुक्त भइ घर फर्किसकेका छन् । पहिल्लाे २४ घण्टामा ११ हजार १६७ गरि हालसम्म ७ लाख ९९ हजार ३४१ को पिसिआर परिक्षण भएको छ ।

प्रकाशित मिति २४ भाद्र २०७७, बुधबार १६:३१
प्रतिक्रियाहरू