बिना मौसम कहिं कतै फूल्दैनन् यी फूलहरु
अप्ठेरोमा मुस्कुराउन भुल्दैनन् यी फूलहरु
आफ्नो सौन्दर्यको मर्यादामा बस्नु पर्छ भनी
भमराको पछिपछि डुल्दैनन् यी फूलहरु
ओइली झर्नु नियति हो फूलको यो बुझेपछि
अरुसामु पिर पोखी खुल्दैनन् यी फूलहरु
तिम्ले सोच्यौ होला सायद तिमी बोल्दा जे’नि हुन्छ
तिम्रो आदेश निर्देशनमा झुल्दैनन् यी फूलहरु
समताको उदाहरण बगैँचामा गएर हेर्नु
पराई ढाली आफन्तलाई हुल्दैनन् यी फूलहरु ।।
प्रकाशित मिति २४ भाद्र २०७७, बुधबार १४:३९