डुब्यो कि भेलमा, दुईटै बगरमा छैन
अवसरको जिन्दगी अवसरमा छैन
हुरी चल्ने बित्तिकै भुवा बन्यो होला
घर जस्तै थियो,अहिले नजरमा छैन।
सालिक जस्ता सालिक थुप्रै भेटिए
एक मान्छे जस्तो मान्छे सहरमा छैन
हात,खुट्टा,शिर काट्छ बलि चढाइदिन्छ
तिम्रोझैँ मुटु रेट्ने हिम्मत खन्जरमा छैन
हिजो मात्रै रगतले नयाँ इतिहास लेख्यो,
कलम अझै ब्युझिँने तरखरमा छैन
प्रकाशित मिति २४ भाद्र २०७७, बुधबार १३:४०