राज माङ्लाककाे उत्तरवर्ती कविता

राज माङ्लाककाे उत्तरवर्ती कविता

सुभद्रा ढकाल

@Mayur Times

२०७७ भदौ २४ गते बुधबार १२:१०

जीवनका २ दशक खुसीले विताउन नपाएको युवा घरबारी बन्धकीमा राखेर प्रवासमा भासिनु आम नेपाली युवाको विडम्वनापूर्ण वाध्यता हो । यो सबै देख्दादेख्दै पनि हरेक दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाली युवकलाई आँसुले भरिएको झोला बोकेर परायाभूमिमा पठाउनु नेपाल सरकारको रहर हो की वाध्यता ? निधारमा रातो अक्षता र गलामा ममताले भरिएको माया पहिरिएर गएका युवकहरू काठको बाकसमा चुपचाप जन्मभूमि फर्कनुपर्दाको पीडालाई कविले देखाउन खोजेका छन् ।

२०३६ सालमा पूर्वी पाँचथर जिल्लामा जन्मिएका राज माङ्लाक उत्तरवर्ती सोचका सशक्त कवि प्रतिभा हुन् । २०६० सालमा पाँचथर जिल्लाबाट उतरवर्ती साहित्यिक सोच आन्दोनको सुरुवात भयो । यस आन्दोलनका एक अभियन्ता हुन् बहुमुखी प्रतिभाका धनी कवि राज माङलाक । कलिला नानीहरूलाई सुन्दर देश, जीवन र भविष्य पढाइरहेका कविले आफूले देखेको दुनियाँ, भोगेको समाज, आफू जन्मेको माटो र भूगोललाई कवितामा उनेर सुन्दर विम्ब, प्रतीक, अलङ्कारसँगै उपमाका बान्किला अक्षरहरूले आफ्ना कविता सजाएका छन् ।

‘लिम्बुनी गाउँ’ कवितासङ्ग्रहलाई कविले ३ खण्डमा बाँडेका छन् । पहिलो ‘साँवा खोलाको गीत’ खण्डमा १३ वटा कविता, दोस्रो ‘अक्षरहरूको मौलो’मा नौ र तेस्रो ‘समय सन्नाटामा ः मध्यदिनकोे सडक समाधि’ मा नौ वटा कवितालाई समावेश गरेका छन् । तीन वटै खण्डका कवितामा विचार, भाव, फरकफरक अभिव्यक्ति पाउन सकिन्छ । सङ्ग्रहमा लिम्बु समुदायको इतिहास, भोगेको जीवन, संस्कार र सौन्दर्यगत चेतनालाई प्रतिबिम्वित गर्न खोजेका छन् । लिम्बुनी गाउँ, साँवा खोलाको गीतजस्ता कवितामा लिम्बु समाजको संस्कृतिलाई उनले कलात्मक किसिमले देखाएका छन् । जनजाति, आदिवासीवर्गको समसामायिकता र सीमान्तकृत वर्गलाई लक्षित गरेर लेखिएको कवितामा छोटो, प्रयोगात्मकता र नवीन शैलीको प्रयोगलाई उनले आफ्ना भावना मार्फत यसरी आकार दिए ।

यस्तरी
बाकासभित्र सिलप्याक भएर आएको
कलकलाउँदो छोरोको शवसँग
यो देशले
अब, कसरी राष्ट्रियता माग्छ होला (पृ.२१)

कविले नागवेली अक्षरहरूमा जन्मभूमि प्रतिको माया, बर्तमान कालखण्डको विकृति विसङ्गति विरोधाभास व्यङ्ग्यलाई शसक्त अक्षरहरूका माध्यमबाट कवितामा उनेर आकार दिने प्रयत्न गरेका छन् । जीवनका २ दशक खुसीले विताउन नपाएको युवा घरबारी बन्धकीमा राखेर प्रवासमा भासिनु आम नेपाली युवाको विडम्वनापूर्ण वाध्यता हो । यो सबै देख्दादेख्दै पनि हरेक दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाली युवकलाई आँसुले भरिएको झोला बोकेर परायाभूमिमा पठाउनु नेपाल सरकारको रहर हो की वाध्यता ? निधारमा रातो अक्षता र गलामा ममताले भरिएको माया पहिरिएर गएका युवकहरू काठको बाकसमा चुपचाप जन्मभूमि फर्कनुपर्दाको पीडालाई कविले देखाउन खोजेका छन् ।
आँखाभरि देशको सुन्दर सपना सजाएका युवाहरू भोको पेट लिएर बिहानै सिमाना काट्दाको विडम्बनालाई कविले उक्त काव्यमा उल्लेख गरेका छन् । देश सुन्दर भए पनि देशभित्र भोग्नुपर्ने बाध्यता, विवशताको पराकाष्ठा उनले उक्त कृतिमा सचित्र देखाउन खोजेका छन् ।

एक बटुको जाँड र भुटेको मकै
भटमास खान नपाउँदै
आँखाका परेलामा साँझले पिङ खेल्न
थालिसकेका हुन्छ
मेड इन चाइना
आज छ भोलि छैन
लेखिएको खासाको मोवाइल सेटबाट
आफ्नी प्रेमिकालाई फोन गर्न नपाउँदै
आधारातले अर्को गोलाद्र्ध टेक्न
खुट्टा उचालिसकेको हुन्छ
कठै !
दोस्रो खण्ड– अक्षरको मौलोमा चित्र कवितामा परम्परागत कविता लेखनको संरचनालाई भत्काएर नविनता दिने प्रयत्न गरिएको छ ।
राजले यस खण्डका कवितामा अमूर्त जगत खोज्दै चित्र विम्बले, रेखाले कवितालाई नयाँ बनाउने अभ्यास गरेका छन् यो नै उत्तरवत्र्तीहरुको प्रारम्भ विन्दु हो । चित्रले नै कविताको भाव दिन सफल भएको छ । कविताको आधा आकार नै चित्रात्मक छ । यस कवितामा पुराना लेखनको अनुसरण गर्दै नयाँ प्रयासको थालनी गरिएको छ । चित्र स्वयम् आपूm कलात्मक हुँदाहुँदै पनि यसले देखाउन खोजेको भाव झन् शक्तिशाली भएर आएको छ । राजका कविता आकृति मात्रै होइन शब्द सङ्केमा पनि व्यापकता रहेको छ । रोलाँ बार्टले भनेका छन्– नयाँ बाटो खन्ने आँट नभै नयाँ कला साहित्य आउँदैन ।

समय सन्नाटामा मध्यदिनको सडक समाधि माथिको भूमिकामाथि डा. सञ्जिव उप्रेती लेख्छन्– एकातिर उनका कवितामा मानवतावाद, अस्तित्वाद र शायद शुन्यवादद्धारा प्रभावित अर्ध–अर्मूतता छ भने अर्कोतिर लिम्बु संस्कृतिको स्व–परिचय खोज्ने राजनीतिक आग्रह हो । राजले आफ्ना कवितामा नयाँ नौलो विभिन्न आयम दिएर कवितालाई प्रयोगवादतिर उन्मुख गराएका छन् ।
कस्तरी साँधुरो गल्लीमा पाइला अटेर
जिन्दगी नाइल नदीको मूल्का बेरिँदै
आज
यो क्षण
यो समय
बल्ल चोक र सडकमा निस्किएर
एक अँगालो आँखाहरू जिन्दगी देखिरहेछन् । पेज नं ६७

अन्य उत्तरवत्र्ती सोचका कवितामा झैँ राजका कवितामा नेपालको पूर्वी पहाडका लिम्बु भाषा, सभ्यता संस्कृतिको विम्बलाई टिपेर कवितामा उनेको भेट्न सकिन्छ । साथै प्राय उनका कवितामा मानवतावाद अस्तित्वाद र थोरै मात्रमा शुन्यवादको झलक समेत भेट्न सकिन्छ ।
अस्तित्ववाद र शुन्यतावादका आपसी धारहरु बाँझिदा कवितामा विरोधाभाष पनि भेट्न सकिन्छ । कवितामा ज्यादा प्रयोगवाद र दुर्वोध्य भाषाशैलीको प्रयोग गरिएको कारण सामान्य पाठकका लागि लिम्बुनी गाउँ कठिन कविता सङ्ग्रह हो । विषयबस्तुको व्यापक प्रयोग र कलाको दृष्टिकोणले यो सङ्ग्रह निकै अब्बल कृतिको रुपमा लिन सकिन्छ ।
राजका धुवाँको धुनहरू ताङ्का सङ्ग्रह(२०६०) मा प्रकाशित भइसकेको छ । साथै उनले लिम्बु भाषा लगायत नेपाली भाषाका पुस्तकहरू सम्पादन गरिसकेका छन् । जीवनको दुई दशक शिक्षण पेशामा आवद्ध रहेका राजको लिम्बुनी गाउँ पहिलो प्रकाशित कविता सङ्ग्रह हो ।

प्रकाशित मिति २४ भाद्र २०७७, बुधबार १२:१०
प्रतिक्रियाहरू