गजल- हरिश कान्छो जोशी

गजल- हरिश कान्छो जोशी

हरिश कान्छो जोशी

@Mayur Times

२०७७ भदौ २४ गते बुधबार ११:४६

प्रेम बाट बिछोडिएका सबै पागल बन्दैनन कोहि कसैको परानी ढुङ्गा जस्तै हुन्छ

यहाँ कतिको जिन्दगानी ढुङ्गा जस्तै हुन्छ
कोहि सरल मान्छेको बानी ढुङ्गा जस्तै हुन्छ

तिमिले बोलेका कुराकानी मिठा मान्नु पर्छ
मैले बोलेको कुराकानी ढुङ्गा जस्तै हुन्छ

धड्कनबाट आउने आवाज आगो भएझैं
यो आँखाबाट बग्ने पानी ढुङ्गा जस्तै हुन्छ

प्रेम बाट बिछोडिएका सबै पागल बन्दैनन
कोहि कसैको परानी ढुङ्गा जस्तै हुन्छ

दिलमा राख्न खोज्छु छातिमा सजाउछु
त्यो मान्छे जानी जानी ढुङ्गा जस्तै हुन्छ ।

प्रकाशित मिति २४ भाद्र २०७७, बुधबार ११:४६
प्रतिक्रियाहरू
प्रमोद भण्डारी (हालत खराब) का चार मुक्तक

प्रमोद भण्डारी (हालत खराब) का चार मुक्तक
२०७७ फाल्गुण १४ गते शुक्रबार १०:४२

प्रेमहीन प्रेम दिवसका गुलावहरू

प्रेमहीन प्रेम दिवसका गुलावहरू
२०७७ फाल्गुण ५ गते बुधबार ०७:४४

गजल – गगन चुम्बन

गजल – गगन चुम्बन
२०७७ फाल्गुण ४ गते मङ्गलबार ०२:५०