भ्रान्ति

भ्रान्ति

Pranjal Pandey

@Pranjal pandey

२०७७ भदौ १ गते सोमबार ०३:४७

मेरो जिन्दगीको गीत बजिरहेको थियो । एकोहोरो सनाई जस्तै । गीतको लयमा नाँच्दानाँच्दै, म तिमी भएँ । तिमी म भयौ । म त्यो भयो । त्यो म भएँ । समय रोकियो । हैन समय छैन । जो छँदै छैन । त्यो कसरी रोकिन्छ ? मैले जे कुरालाई समय मान्छु, उसैले भनिराखेको...

मेरो जिन्दगीको गीत बजिरहेको थियो । एकोहोरो सनाई जस्तै । गीतको लयमा नाँच्दानाँच्दै, म तिमी भएँ । तिमी म भयौ । म त्यो भयो । त्यो म भएँ ।
समय रोकियो । हैन समय छैन । जो छँदै छैन । त्यो कसरी रोकिन्छ ? मैले जे कुरालाई समय मान्छु, उसैले भनिराखेको छ । म छैन, म सकिन्न । सकिनु –नसकिनु, हुनु –नहुनु केही छैन । मैले सोचेँ, म सकिन्छु । तिमी आफू काहिँ कतै केही कुनै नरहेको कल्पना गर त हामी एक अर्काको झुट बाचिराखेका छौँ ।
हामी सबैलाई एक अर्काको गल्तीहरू र भ्रान्तिहरु थहा छन् । हामी सबैले भोगेको,गरेको र सोचेको सबै बाँचेर बचेको मान्छे हौँ । हामी अहिलेका मान्छौ, हामी अहिलेलाई मान्छे हौँ ।
त्यो अन्तिम विन्दु कहाँ हो ? त्यो सुरुको अंश के हो ? म आफैँले आफैँलाई टाढा राखेर । आफ्नो हुनु,आफु हुनुको औचित्य आफैँले मेटाएर आफूले बनाएको,आफ्नै अभिमानलाई आफ्नो खेलको आफैँले बनाएको खेलाउनलाई पूजा गरेँ । उसकै सामु पाउ परेर,उसकै बाउ परेर मलाई पश्चाताप छ ।
पश्चाताप हुनु अगाडि नै मलाई पश्चाताप हुने काम गरिराखेकाे छु भन्ने थाह भैदिएको भए । म हुनुको सट्टामा तिमी पनि म हौ भनेर पूजा गर्ने थिएँ । तिमीलाई पनि म तिमी हुँ । तिम्रै पाटो हुँ,तिम्रै साटो हुँ भन्ने थाहा भैदिएको भए तिमी पनि आफूलाई जत्तिकै प्रेम गथ्र्यो होला ? हामी एक अर्काको प्रत्येक गाँठाहरूको साटोमा रङ्गीन फूल फूलाउँथ्यौ होला ?

होलाको कुराले भैदिएको कुरालाई बदल्दैन । तर होलाको कुरा हुनु नै छ । जबसम्म होला छ तबसम्म तिमी र म यतै कतै त्यो होलालाई अर्को होलाले विस्थापित गर्न पर्खिराखेका छौँ । जबसम्म होला सकिन्न हामी अगाडि बढ्दैनौँ । हुने बाटोमा होला आइहाल्यो भने बाटो यतै कतै चक्रपथ भैजान्छ । त्यसैले आउ जे भयो भयो भएकै बाटो हिडौँ । बाटो नजिकै छ । यहाँसम्म त आई नै सकियो । अब खुट्टा कमाएर के काम ? जबसम्म विपरीत अर्थले विपरीत कुरालाई भुरा बनाउँछ । हामी बबुरा भैराख्ने छौँ । म नेगेटिभ भएँ,तिमी पोजेटिभ भयौ । म छैन तिमी छौ । म झुट तिमी साँचो । तिमी बाध्यता, म रहर । म खराब तिमी असल । सबै घुलमिल भैदियो । हात लाग्यो शुन्य । शुन्यलाई जोडेपनि,गुणा गरेपनि उत्तर एउटै आइहाल्योे । यसरी संसार शुन्य,तिमी शुन्य । म शुन्य ।
म सँग एउटा उपाय बाँकी छ । की म असल बन्छु, कि तिमी खराब बन । आज आऊ सिध्याउँ यो गोल चक्रलाई । खराबै खराबले भन्दा छिटो असल नै असलले सक्काइदिन्छ रे । तिमी,तिमी भएर कति बाँच्छौँ, मलाई म हुनुले दिक्क लागिसक्यो । तिमीलाई त थाहा छैन,तिमी कहिलेदेखि तिमी छौ । म पनि तिमी हुँदा थाहा थिएन । म कहिले देखि म छुँ । जब मबाट उ बनेँ,थाहा लाग्यो । तिमी तिमी बाट म बन । अब त म भन्नु र ऊ बन्नु एउटै हो । म ऊ हुँ । सायद, उ भन्नुको अस्तित्व छैन ।

मसँग आँखा छैनन् तैपनि म देख्छु । मसँग कान छैनन् तर म नबोलेको कुरा पनि सुन्छु । मसँग नाक छैन तैपनि म प्रत्येक गन्ध थाहाँ पाउँछु । छाला छैन । त्यसैल त म मैले चाहेँ भने छुइन सक्छु । म छैन,साँच्चै छैन त्यसैले त म मैले चाहेँ भने हुन सक्छु । तिमी संसारको सबैभन्दा नराम्रो के कुरालाई सोच्छौ ? वा सबैभन्दा राम्रो के कुरालाई मान्छौ । तिमी घृणा गर्छौ,म माया गर्छु । हामीले दुवैले हाम्रो आफ्नो बाटो अल्मलाइ राखेका छौँ । खासगरी त्यो खराब –(म), त्यो असल –(तिमी) र हामी(त्यो) पुग्ने ठाउँ एउटै हो । तिमी छिटो पुगेँँ भन्नु बेकार छ । म ढिला भएँ भनेर रुनु बेकार छ । मैले समय छैन त्यसै भनेको होइन । जब पुगिसके पछि फेरि पछाडि भएकालाई लिन आउनुनै छ । बाटो यस्तो छ भनेर बताउन पाउनु छैन भने पुग्नु को के अर्थ ? ढिलो-चाँडोको के अर्थ ? आफ्नो हतारलाई बाँधेर आफ्नै खुट्टामा अल्झिनुुुुुकाे फल के ?
-Pranjal

प्रकाशित मिति १ भाद्र २०७७, सोमबार १५:४७
प्रतिक्रियाहरू