नेपालमा नारीवादी चेतनाको पृष्ठभूमि र पछिल्लाे समयमा देखिएका नारीवादी उपन्यास

नेपालमा नारीवादी चेतनाको पृष्ठभूमि र पछिल्लाे समयमा देखिएका नारीवादी उपन्यास

सुभद्रा ढकाल

@Mayur Times

२०७७ भदौ २४ गते बुधबार १०:४३

आफ्नो अधिकांश समय घरायासी कामकाज र सन्तान उत्पादन, तिनको रेखदेखमा नै वित्ने भएकाले प्रायः घरायासी कामकाजमा मात्र नारीलाई कुण्ठित र सीमित गरियो । विभिन्न अवसर तथा सुविधाबाट नारीलाई वञ्चित गर्ने क्रममा पितृसत्ता हावी हुँदै गयो । समाजमा मान्छे भन्नाले पुरुष मात्रै हो । नारी भनेको पुरुषको मनोरञ्जनको साथी, खेलौना मात्रै हो भन्ने धारणाको विकास हुँदै गयो । नारीको यो समाजमा कुनै पनि मूल्य मान्यता र अस्तित्व नै छैन भन्ने मानसिकता बढ्दै गएपछि पुरुषवादी एकाधिकार र हैकमका विरुद्धमा स्त्रीहरू सचेत बन्न थालेपछि नारीवादको जन्म भएको हो ।

पुरुषको हैकमवादी दबावमा युगौँदेखि पिल्सदापिल्सदा मानसिकता र मनोविज्ञानमा समेत अ‍ैठन खप्दै, थिचिदै अपहेलित हुँदै अन्याय सहँदै आएकी नारीले वर्तमानमा पुरुष सरहको अधिकारमा स्थापित हुने प्रयास नै नारी चेतना हो । यो स्थान स्थापित गर्नको लागि लाखौँ नारीले पुरुषले बनाएको बलीवेदिमा आफ्ना जीवन उत्सर्ग गरे । संसारभरिका नारीले समान हक, भोग, अवसर र प्राप्तिको लागि जे जति प्रयास गरे त्यो उत्साह जनक प्रयास रह्यो ।

आजको समाजमा पनि नारीलाई कठपुतली सम्झँदै पुरुषहरूको मनोरञ्जनको साधन, सन्तान जन्माउने मेसिन, अज्ञानी, दासीजस्ता विभिन्न दृष्टिकोणले हेरिन्छ । यस धारणाका विरुद्धमा नारीहरूले आफ्नो अस्तित्व स्थापित गर्नका लागि आवाज उठाए जसलाई नारीवादको रूपमा हेरिँदै आएको छ । वास्तवमा नारीवादी शब्दले साहित्यको चित्रित लैङ्गिक पक्षलाई समेट्छ (बराल, २०७५, पृ.११७) । प्रकृतिले सन्तानोत्पादनको जिम्मेवारी नारी जातिलाई नै प्रदान गरेको छ । मातृवात्सल्य र शारीरिकताको कारणले पनि स्त्रीलाई अर्थात् नारीलाई कोमलता र भावुकताको दृष्टिकोणले हेरिन्छ । आफ्नो अधिकांश समय घरायासी कामकाज र सन्तान उत्पादन, तिनको रेखदेखमा नै वित्ने भएकाले प्रायः घरायासी कामकाजमा मात्र नारीलाई कुण्ठित र सीमित गरियो । विभिन्न अवसर तथा सुविधाबाट नारीलाई वञ्चित गर्ने क्रममा पितृसत्ता हावी हुँदै गयो । समाजमा मान्छे भन्नाले पुरुष मात्रै हो । नारी भनेको पुरुषको मनोरञ्जनको साथी, खेलौना मात्रै हो भन्ने धारणाको विकास हुँदै गयो । नारीको यो समाजमा कुनै पनि मूल्य मान्यता र अस्तित्व नै छैन भन्ने मानसिकता बढ्दै गएपछि पुरुषवादी एकाधिकार र हैकमका विरुद्धमा स्त्रीहरू सचेत बन्न थालेपछि नारीवादको जन्म भएको हो ।

‘नेपालमा भेटिएका नेपाली भाषाको लिखित सामग्रीको अध्ययन गर्दा नेपाली महिलामा सामाजिक क्षेत्रमा भन्दा राजनीतिक क्षेत्रमा चाँडो जागरण आएको देखिन्छ । राजनीतिक क्षेत्रको मात्रै इतिहास लेख्ने चलनले गर्दा पनि यस्तो परिदृश्य देखा परेको हुनसक्छ(त्रिपाठी, २०७५,पृ.२५) ।’

२००७ साल पछिको राजनीतिमा केही महिलाहरूको सक्रियता देखिन्छ । यस क्रममा सशक्त हुने महिलाहरू श्रीमाया जोशी, देवी तामाङ, गोलीमाया विश्वकर्मा, देवीमाया ठकुरी आदि हुन् । २००७ सालको क्रान्तिपछि महिलाहरूले केही राहतको महसुस गरे । स्वतन्त्र वातावरण, शिक्षा आर्जनको अवसर, आफ्ना कुराहरू भनेर सामाजिक र रानीतिक क्रियाकलापमा पनि उनीहरूले सहभागी हुने अवसर पाए । नेपालमा नारी आन्दोलनको कुरा गर्दा योगमायाको नाम पनि अग्रस्थानमा आउँछ । ‘योगमायाका चेलाचेलीहरूको एउटा ठुलो समुदाय रहेको थियो । उनले एकातिर भक्ति एवं योगलाई आफ्नो जीवनशैली बनाइन् भने अर्कोरित तत्कालीन समाजको सङ्कीर्णता, रुढिग्रस्त र अन्ध परम्पराका विरुद्ध आफ्ना अभिव्यक्तिहरू सार्वजनिक गर्न थालिन् । उनले तत्कालीन श्री ३ चन्द्र शमशेरलाई ‘सत्य धर्म शिक्षा’ मागेको एउटा पत्र लेखाएर आफ्ना चेलाहरूलाई पु¥याउन पठाइन् । त्यसको प्रत्युत्तर नआएपछि उनी आफैँ आएर जुद्ध शमशेरलाई भेटिन् र उनबाट ‘सत्य धर्म शिक्षा’ को वचन पनि पाइन् तर त्यो पूरा भएन । त्यसपछि उनले त्यसका विरुद्ध विद्रोह गर्दै १९९५ मा आफ्ना २४०जना अनुयायी सहित अग्नि समाधि लिने बन्दोबस्त गरिन् तर त्यो थाहा पाएपछि उनका अनुयायी सहित उनलाई पनि बन्दी बनाइयो र उनले तीन महिना जेल सजाय काटिन् । त्यहाँबाट निस्केपछि पनि उनी आफ्ना असन्तोषका भावलाई कविता र गीतको माध्यमले व्यक्त गर्दै रहिन् । देशमा सत्य र धर्म स्थापित हुन्छ भन्ने कुराबाट विश्वास हराएपछि उनी सहित उनका ६८ जना अनुयायीले १९९८ सालको असार महिनामा अरुण नदीमा जल समाधि लिए (त्रिपाठी, १०१२ पृ. १६७) ।’ नेपालमा यसरी महिला आन्दोलन अगाडि बढेका छन् ।

भोजपुरकी योगमाया न्यौपानेबाट प्रारम्भ भएको नेपाली नारीको सामाजिक जागरणलाई दिव्यवती कोइराला, मेलवादेवी, तुलसा शर्मा, लोकप्रियादेवी आदिले निरन्तरता दिएका थिए । (त्रिपाठी, सन् २०१२, पृ.१८८) । ‘माक्र्सवादी नारीवाद जनवादको एउटा पक्ष हो । नेपालमा उक्त दृष्टिकोणको विस्तारका क्रममा २०३३ सालमा प्रकाशित मोदनाथ प्रश्रितको नारी बन्धन र मुक्ति कोसेढुङ्गा साबित भएको छ । एक किसिमले यो नारीहरूको गीता नै हो (त्रिपाठी, २०१२,पृ १८४) ।’ २०४० को दशकमा बौद्धिक तप्काका केही सचेत मान्छेको पहलमा यसले प्रवेश पायो । त्यसपछि क्रमशः २०४५ सालमा ‘अस्मिता’ पत्रिकाको प्रकाशन पछाडि यसले पूर्णता पाउन थाल्यो । यस बेला पारिजात, मीना आचार्यजस्ता बौद्धिक व्यक्तिहरूको उल्लेखनीय योगदान रहेको थियो । त्यसपछि नारीवादी चेतना पस्कने काम भएको देखिन्छ । २०४५÷४६ सालताका कुन्ता शर्माले आफ्ना कविताका माध्यबाट नारीवादी प्रवृत्ति प्रस्तुत गरेकी छन् ( त्रिपाठी, २०१२, पृ.१४५) ।
‘नेपाली उपन्यासका क्षेत्रमा नारीवादी चेतनाको माक्र्सवादी प्रकटीकरणका दृष्टिले परिजातको नाम अग्रस्थानमा आउँछ । नारीको मुक्ति केवल पुरुषसँग बदला लिएर मात्र पूराहुँदैन बरु त्यसका लागि त नारीलाई भोग्या, कमजोर र साधनाविहीन बनाउने सामन्ती सँस्कृति र पूँजीवादी व्यवस्थालाई समूल नष्ट पार्दैै नारीलाई पनि स्वतन्त्रता प्रदान गर्नुपर्छ भन्ने उनको मान्यता देखा पर्दछ । यस सन्दर्भमा माक्र्सको सिद्धान्तलाई समेत पुलिङ्गकेन्द्रवादी सोचाइ भनेर त्यसलाई लत्याउने चेष्टा पनि आधुनिक नारीवादीहरूबाट भइरहेको प्रसङ्ग स्मरणीय छ (बराल, एटम २०५८पृ.१२१) ।’ नेपाली साहित्य फाँटमा देखिएका उपन्यासहरूमध्ये नारीलाई आत्मनिर्णय गर्न पाउने अवस्थाको चित्रण रूपनारायण सिंहको भ्रमर(१९९३) उपन्यासमा गरिएको पाइन्छ । पाश्चात्य साहित्य र चिन्तनबाट प्रभावित सिंहले भ्रमरमा वीणा र मायालाई आफैँ प्रेमी र पति रोज्ने स्वतन्त्रता दिएका छन् । त्यसपछिका कतिपय उपन्यासमा नारीलाई कमजोरी र पुरुषको आदना सहयोगी रूपमा लिने गरेको देखिन्छ तर हृदयचन्द्रसिंहको स्वास्नीमान्छे (२०११) ले भने नारीवादी सोचाइको निकै राम्रो उदाहरण प्रस्तुत गरेको छ ।
नेपालको सन्दर्भकमा कुरा गर्दा स्वास्नीमान्छे नै नेपालीको पहिलो नारीवादी उपन्यास ठर्हछ । त्यसपछि सिंहकै एकचिहान (२०१७) विजय मल्लको अनुराधा(२०१८) विश्वेश्वरप्रसाद कोइरालाको तीन घुम्ती (२०२५), मदनमणि दीक्षितको माधवी (२०३९), प्रेमा शाहको मम्मी (२०४०), नकुल सिलवालको तेस्रो पाइलो (२०४५), पद्मावती सिंहको समानान्तर आकाश (२०६१), कृष्ण धरावासीको राधा (२०६२), अमर न्यौपानेको सेतो धरती (२०६२), भाषा भण्डारीको सम्झौता मनिषा गौचन वल्लीको डायरी, नीलम कार्की ‘निहारिकाको’ चीरहरण (२०७२) र योगमाया (२०७४) हरिमाया भेटवालको कल्ली (२०७३), अनुपम रोसीको कालो छाया, राजसरगमको छाउघर जस्ताका उपन्यासहरू देखा परे ।

यी साहित्यमा नारीहरू पनि आफ्नो हक हितका लागि आफू केही माथि उठेर पुरुष सरह स्थापित हुनको लागि जुटिरहेका छन् । साथै नेपाली साहित्यमा, कथा, कविता, उपन्यास, समालोचनामा उनीहरू स्थापित हुने क्रम जारी छ । य

प्रकाशित मिति २४ भाद्र २०७७, बुधबार १०:४३
प्रतिक्रियाहरू