गजल – तारा प्रकाश बम

गजल –  तारा प्रकाश बम

तारा प्रकाश बम

@Mayur Times

२०७७ भदौ २४ गते बुधबार ०८:०६

खुशी मात्र लुटेका हुन् लुट्नेहरूले पोल्टो भरि जन्जिर अझै छ म सँग

दुःख पीडाको जागिर अझै छ म सँग
र अस्ताएको तक्दिर अझै छ म सँग

नाता टुटेको बर्षौ भएपनि उस्को मेरो
त्यो निष्ठुरीको तस्बिर अझै छ म सँग

सधैं हारे हुँला तर सबै हारेको छैन
एकथान मृत्यु आखिर अझै छ म सँग

खुशी मात्र लुटेका हुन् लुट्नेहरूले
पोल्टो भरि जन्जिर अझै छ म सँग

‘तारा’ खसाल्छु भन्नेहरू याद राख्नु
झुक्दै नझुक्ने शिर अझै छ म सँग

प्रकाशित मिति २४ भाद्र २०७७, बुधबार ०८:०६
प्रतिक्रियाहरू