अन्तिम खेल अष्टेलियाले जितेसँगै टी ट्वान्टी विश्व वरियतामा पहिलो स्थानमा

अन्तिम खेल अष्टेलियाले जितेसँगै टी ट्वान्टी विश्व वरियतामा पहिलो स्थानमा

सागर नेपाल

@Mayur Times

२०७७ भदौ २४ गते बुधबार ०७:२४

इङल्याण्ड अष्टेलिया बिचको टी ट्वान्टी सिरिजको अन्तिम तथा तेस्रो टी ट्वान्टी अष्टेलियाले जित्दै टी ट्वान्टी विश्व वरियतामा शीर्ष स्थानमा अष्टेलिया उक्लिएको छ । हिजो भएको खेलमा इङल्याण्डलाई ५ बिकेटले पराजित गर्दै अष्टेलियाले...

इङल्याण्ड अष्टेलिया बिचको टी ट्वान्टी सिरिजको अन्तिम तथा तेस्रो टी ट्वान्टी अष्टेलियाले जित्दै टी ट्वान्टी विश्व वरियतामा शीर्ष स्थानमा अष्टेलिया उक्लिएको छ । हिजो भएको खेलमा इङल्याण्डलाई ५ बिकेटले पराजित गर्दै अष्टेलियाले यो सफलता प्राप्त गरेको हो । टी ट्वान्टी सिरिज भने अष्टेलियाले २-१ ले गुमाएको छ ।

 

खेलमा टस जित्दै अष्टेलियाले फिल्डिन गर्ने निर्णय गरेको थियो । जावाफी व्याटिङमा आएको इङल्याण्डले निर्धारित २० ओभरमा ६ बिकेट गुमाएर १४५ रन बनाउन सक्यो । इङल्याण्डका लागि जोनी बेस्वटोले ४४ वलको सामना गर्दै ३ चौका र ३ छक्काको मद्यतले ५५ रन बनाए । त्यस्तै डेनली १९ बलको सामना गर्दै ४ चौकाको मद्यतले २९ रनमा नटआउट रहे । अष्टेलियाका लागि एडम जाम्पाले २ बिकेट तथा अस्टन अगर, केन रिचर्डसन, हेजल उड, तथा मेचेर्क स्डाले समान एक एक बिकेट लिए । जवाफी १४६ रनको लक्ष्य पछ्याउने क्रममा अष्टेलियाले १९.३ ओभरमा ५ बिकेट गुमाएर १४६ रन बनाउन सफल भयो । अष्टेलियाको जितमा कप्तान आरोन फिन्चले २६ वलको सामना गर्दै ४ चौका र १ छक्काको मद्यतले ३९ रन तथा मिचेल मार्सले ३६ वलमा ३९ रनको नट आउट पारी खेल्दै टिमलाई जित दिलाए ।

 

 

इङल्याण्डका लागि अदिल रसिदले ३ बिकेट तथा मार्क उड र टम करणले समान 1-1 वल लिए । खेलको म्यान अफ द म्याच मिचेल स्टार्क घोषित भए भने प्रतियोगिताकै उत्कृष्ट खेलाडी जोस बटलर घोषित भए । यी दुई बिचको ओडिआइ सिरिज ११ सेप्टेम्बरदेखि सुरु हुँदैछ ।

प्रकाशित मिति २४ भाद्र २०७७, बुधबार ०७:२४
प्रतिक्रियाहरू
चार लाख कर्मचारीलाई कोरोनाविरुद्धको खोप दिइने

चार लाख कर्मचारीलाई कोरोनाविरुद्धको खोप दिइने
२०७७ मङ्सिर १३ गते शनिवार ०८:५५

राष्ट्रपति ट्रम्पले ह्वाइट हाउस छोडदै

राष्ट्रपति ट्रम्पले ह्वाइट हाउस छोडदै
२०७७ मङ्सिर १२ गते शुक्रबार ०४:०५

खोप नआउँदासम्म विद्यालय बन्द रहने

खोप नआउँदासम्म विद्यालय बन्द रहने
२०७७ मङ्सिर १२ गते शुक्रबार ०८:१८

महारानी बनिन् शिल्पा शिन्दे…

महारानी बनिन् शिल्पा शिन्दे…
२०७७ मङ्सिर १२ गते शुक्रबार ०७:३९