रमिलानानी उपन्यासबाट एक अंश

रमिलानानी उपन्यासबाट एक अंश

मयूर टाइम्स

@Mayur Times

२०७७ भदौ १ गते सोमबार ०९:०७

उनका झ्रेका दाँत मिलाएर हालिदिने हो भने कम्ता हिसी परेकी देखिन्नन् यिनी । अल्लि गफाडे गुरुले दिने अर्तीजस्ता कुरा गरेर मात्रै हो नत्र भने बूढीसँग सङ्गत बढाउँदा ननिको मान्नु पर्ने कारण देखिन मैले । जात त एउटै हो उनी पानी झ्रेकी नानी...

उनका झ्रेका दाँत मिलाएर हालिदिने हो भने कम्ता हिसी परेकी देखिन्नन् यिनी । अल्लि गफाडे गुरुले दिने अर्तीजस्ता कुरा गरेर मात्रै हो नत्र भने बूढीसँग सङ्गत बढाउँदा ननिको मान्नु पर्ने कारण देखिन मैले । जात त एउटै हो उनी पानी झ्रेकी नानी म पानी भरिएकी नानी !
“किन रमिला ! हरायौ नि ? टाढै पुगेजस्तो” उनले मलाई झ्स्काइन् ।
“अँ निकै टाढा पुगेँ हजुरमा ! पचास वर्षअगाडि ।”
“उतिपर किन र ?”
“सोचिरहेकी थिएँ, अहिले नै यति आकर्षक शरीर छ हजुरको । त्यो बेला जवानी कस्सिएर चोली फुट्थे होलान् । अनि राजा हुरुक्क किन नहोऊन् त ?” मैले कुरा छिचोलेँ ।
“तिम्रो निसङ्कोच कुरा गर्ने बानी र शैली नै मन पर्छ मलाई । हो त त्यो उमेरसम्म कुनै केटाले स्पर्श नगरेको चोखो जोवान थियो मेरोे” उनको भनाइमा आत्मगौरवको आभास देखेँ ।
“हजुरले कसैलाई मन पराइसेको थिएन र ?”
“मन मागेको थियो एउटाले, दिएकी थिइनँ” उनी प्रफुल्ल देखिइन् ।
“मनले मागेको कुरा कसरी जान्नु ?”
“त्यो बेला अनुशासन थियो परिवारमा ।”
“मनले त फलामे बार पनि त तोड्छ भन्छन्” वार्तामा प्रौढता आएको कुरो म आपैmँ महसुस गर्न थालेँ ।
“एउटा केटो थियो । हाम्रो घरदेखि अल्लि परै । हाम्रो खेतमा जाने बाटो उसैको आँगनबाट थियो ।”
“अनि हजुरमा ?” म निकै चञ्चल र उत्तेजित बनेँ ।
“भोला भट्ट थियो उसको नाम ।”
“ओहो ! अझ्ै नाम याद हुनुभनेको …” मैले ताली बजाएँ ।
“केटो खाइलाग्दो थियो । उसको घरमा मटान हालेको थियो । मलाई देख्ने बित्तिकै मटानको कठबारमा कुहिना टेकाएर दुबै हत्केलाले चिउँडोमा भर दिन्थ्यो । अनि क्वारक्वार्ती मलाई हेरिरहन्थ्यो एकनासले” यो प्रसङ्गमा उनी निकै उत्साहित थिइन् ।
“उसको हेराइले हजुरलाई असर गरेन ?”
“ग¥यो । किन नगर्नु ।”
“अनि ?”
“एउटा कद काठी मिलेको अठार उन्नाइसको केटाले पन्ध्र सोह्रकी ठिठीलाई त्यसरी हेर्दा तुलबुल त भइहाल्छ नि” खास गरी उसका आँखा मेरा स्तनमा र म अगाडि बढ्दा नितम्बमा केन्द्रित हुन्थे” उनले पोल खोलिन् ।
“मैले बुझ्ेँ हजुरमा ! उमेरमा यी हजुरका विशेष अङ्ग थिए ।” “हो त नि ! मेरा स्तन निकै ठूला थिए । नितम्बमा लोभ गरेर मेरा केटी साथीले समेत चिटीचिटी चिमोट्थे पनि ।”
“ईष्र्या पनि हुन्छ ।”
“महाराज त मेरो स्तनवारे कविता लेख्थे ।”
“सुनाउँदा पनि हुन् नि !”
“किन नसुनाउनु ? एकपटक त कवितै भयो,

विशाल चीन अनुहार,
हिमाल स्तन भो तिम्रो,
अनुहार हेर्ने रहर पुगेन,
रोक्यो पापी हिमालले
गोडा तन्काउन खोजेँ
ततायो उखुम मधेसले
म खुम्चिएर कुम्भकर्ण भएँ
सिरानी दियो हिमालले ।

“वाऽ हजुरमा ! अनुपम बयान हो हजुरको” उनले मलाई मोहनी लगाउन थालिन् ।
“कहाँ रमिला ! एकपटक त रङ्गमहलमा थियौँ हामी । जुनेली रात थियो । यस्तो बेला हामी बगैँचामा घुम्न निस्कन्थ्यौँ । चहुरमै पल्टिन्थ्यौँ । मलाई याद छ । त्यो रात टहटह जून थिए । हामी दुवै चहुरमा सुतेका थियौँ । उहाँको शिर मेरो काँधमा थियो । म दुवै हातले उहाँको बाक्लो केश मुसारिरहेकी थिएँ । कविता बनिहाल्यो—

रानी ! म बेहोस थिएँ
चन्द्रमुहार हेरेर होसका आउन चाहन्थेँ
छेक्यो बादलले
हावा मन्द चल्यो
र बादल फाट्यो,
तै पनि बेहोस छु प्रिय !
फेरि छेके तिम्रा मादलले ।”

दङ्ग परेर हाँसिन् उनी ।
मैले पनि हाँसो रोक्न सकिन ।
“हजुरमा ! साह्रै राम्रो !” मैले तेल थपेँ ।
“यस्ता धेरै कुरा छन् । सम्झ्न लायक । मैले कापीमा टिपेर राखेकी छु । बेलाबखत पल्टाउँछु । आनन्द लाग्छ ।”

यो नानीहजुरहरूको कक्ष हो जहाँ मैले पहिलोपल्ट प्रवेश गरेँ । यसअघि यो कक्ष पराई संसार थियो मेरा लागि । बेग्लै लोकजस्तो जहाँ अर्कै खाले प्राणी बस्छन् । एककिसिमले बेग्लै भाषा र भेष भएका थोत्रा मानिसहरूको दुनियाँ । भोजनकक्ष सीमाक्षेत्र र उसपार लक्ष्मणरेखा !
उता आध्यात्मिक र पुरातनवादीको विचार । यता यथार्थ वर्तमानको भोग । चञ्चलता र उत्साहको चुरिफुरी । उता सेलाएका आदर्शको संवाद । यता उर्लिएका उन्मादको विवाद । उता कुरूप वृद्धाहरूको खोकी । यता सुन्दरीहरूको खितखित । उता बाला र रैयाँका भद्दा आवाज । यता रेशमी चुरीका छिनछिन ।
मजस्ती मस्त तरुनीले उताको लोकलाई उपेक्षा गर्नु वेमनासिब पनि होइन । त्यस्तै वृद्धाहरूका लागि हाम्रो चुरिफुरी तीन कौडीको नलाग्नु अचम्मको कुरो पनि थिएन । जुन मार्गमा उनीहरू हिँडिसकेका छन् त्यसको ओरालीउकाली पनि उनलाई थाहा हुन्छ ।
मैले कतै बाटो बिराएँ भने सोध्नुपर्छ अरूलाई । तँलाई पनि बाटोको ज्ञान चाहिन्छ ? भनेर सोध्न कोही आउँदैनन् । हामी आफ्नै बाटोमा मक्ख रह्यौँ तर हाम्रो गन्तव्यलाई देखेर पनि चिनेनौँ । चिन्ने कोसिस पनि गरेनौँ ।
नानीको लोकमा कायापलट भयो त्यो बेग्लै कुरा हो । अन्यथा वृद्धाहरू यो राजमार्गका कोसेढुङ्गा थिए ।
जवानीको जुवा सकेर टाट पल्टेका व्यक्तिसँग जोवन–धन नभए पनि जुवाका हजारौँ दाउपेच र त्यसका अनुभवको भण्डार मैले सीमापारिकी यी बूढीमा देखेँ । बेखुसी लागेन ।
ठूलो ढोकाभित्र प्रवेश गरेपछि बीचमा बरन्डा र अगलबगल तीनतीन कक्ष थिए । तीमध्ये हाल एउटै कक्षमा मात्र ताला बन्दी थिएन । मलाई लाग्यो यही यिनको कक्ष हो ।
उनले ढप्किएको त्यही ढोका खोलिन् । भित्र आउने इशारा गर्दै उनी अघि लागिन् । त्यसभित्र तीन खण्ड थिए, भण्डार, शयन, चारवटा कुर्सी र बीचमा पुनारो गलैँचा बिछ्याइएको आराम खण्ड । उनले तीनै खण्ड मलाई देखाइन् । भण्डार खण्डको पूर्वपट्टि पूजाको चौकी थियो । लक्ष्मी, महादेव र गणेशका तस्विरहरू । ती मूर्तिहरूसँगै महाराजाहजुरको तस्विर पनि थियो । मलाई लाग्यो यी बूढी महाराजाहजुरको पनि पूजा गर्दिरहिछन् ।
हामी आराम खण्डमा फक्र्यौँ र गलैँचामा बस्यौँ । म मुस्कुराएँ । उनले कुरो टिपिहालिन् “किन ? राम्रो लागेन ?”
“त्यसो होइन । यिनै तीन खण्डबाट जिन्दगीको पहाड चढ्नु भयो भनेर” म मुस्कुराइरहेँ ।
“तिम्रो पनि त्यो बाटोमा यात्रा सुरु भयो नि” उनको आँखामा कुटिलता देखेँ मैले ।
“त्यसो भए मेरो गन्तव्य यही हो ?” म अकमकाएँ ।
“कति मानिसहरू हिउँलाई पानी मान्दैनन्” चातुर्य थियो भनाइमा ।
“अझ्ै वाफलाई पानी के मान्थे भन्नुहोला !” मैले थपेँ ।
“वास्तवमा रमिला तिमी ज्ञानी छ्यौ सानो उमेरमै । मैले विश्वास गरेकी थिइन तिमीसँग धेरैतिरको ज्ञान छ भनेर । कसरी सिक्यौ ?”
“हजुरको आशीर्वाद हो ! म एकचोटि सुनेको कुरो भुल्दिनँ । तालिमेमा मेरी आदरणीय गुरुआमा हुन् । मैले धेरै कुरा उहाँबाट सिकेँ । भेट हुने बित्तिकै कुनै पनि नौलो लागेको विषयमा सोधिहाल्ने मेरो बानी बस्यो ।”
“तालिमे पढे लेखेकी केटी हो । उसका पनि कथा÷व्यथा छन् अब त ती पनि दरबारबाहिर गए” उनले थपिन् ।
“अरू नानीहरू रङ्गमहल र खोपीका कुरा सोध्न लजाउँथे । म खुलेरै सोध्थेँ ।”
“राम्रो बानी हो । आपूmले नजानेका कुरा पढेरै, सुनेरै जानिने ता हो नि !”
मैले शयनखण्डको बगलमा किताबको दराज पनि देखेँ । यसको मतलब यी बूढी पढेर समय काट्दिरहिछन् । मैले उत्सुक भएर सोधेँ “हजुरमा ! मसँग ता पुस्तक पनि छैनन् । हजुर आफ्नो कक्षमा कसरी रमाउनु हुन्छ ? धेरैथोरै मैले बुझ्ेँ ।”
“हो रमिला ! समय पुस्तक पढेरै बित्छ मेरो । पाए नयाँ पढ्छु । नपाए दोहो¥याउँछु ।”
“मलाई पनि पुस्तक पढ्ने मन छ ।”
“लैजाऊ पढ ! ठूलो कुरा भएन नि । तर नयाँ पुस्तक मगाउन गाह्रो छ । थाहा पाए बरबाद हुन्छ फेरि ।”
“किन त्यस्तो ?”
“दरबारको नियम । पुस्तक पढे भने मानिस बाठा हुन्छन् । बाठा भए विद्रोह हुन्छ अरे ।”
“अनि हजुरले पढ्न जान्नु भएको थियो र ?”
“कख पढ्न सानो बेलामा बाबाले सिकाइदिनु भएको थियो । यहाँ थुनिएपछि साथीसँग पढ्न सिकेँ मैले । अँ, सुन न, मेरो पहिले एउटा सिपाहीसँग दोस्ती थियो । त्यो बेग्लै कथा छ ।”
“सुनूँ न !”
“सातसात दिनमा उसको पालो पथ्र्यो रनिवास बाहिरको मूल ढोकामा”
“अनि ?” मेरो जिज्ञासाभित्र खुल्दुली मडारियो ।
“जुक्ति गरेर उसले किताब ल्याइदिन्थ्यो । म गोप्य राखेर पढ्थेँ । यी तिनै पुराना किताब हुन् ।”
“ए त्यस्तो पो ?”
“बूढीहरू माथि त्यति सोधीखोजी पनि हुन्न नि ।”
“ममाथि पनि नहोला .?”
“अँ अहिले त त्यति कनसुत्लाहरू छैनन् । लुकाएरै पढ्नु बेस ।”
“आफ्नै विश्वासको मान्छेसँग पनि विश्वास नहुने ठाउँ ?”

प्रकाशित मिति १ भाद्र २०७७, सोमबार ०९:०७
प्रतिक्रियाहरू
गजल – निर्मल घिमिरे

गजल – निर्मल घिमिरे
२०७७ असोज २ गते शुक्रबार ०९:२९

गजल – चित्रमान तामाङ

गजल – चित्रमान तामाङ
२०७७ असोज २ गते शुक्रबार ०८:५९

देव सजन सुनारकाे चार मुक्तक

देव सजन सुनारकाे चार मुक्तक
२०७७ असोज १ गते बिहिबार ०७:३७

कविता – बिजयीता भण्डारी

कविता – बिजयीता भण्डारी
२०७७ असोज १ गते बिहिबार ०७:०३