सीपीएलमा सन्दीप सम्मिलित जमैका र ट्रिनबागो सेमिफाइनलमा भिड्दै

सीपीएलमा सन्दीप सम्मिलित जमैका र ट्रिनबागो सेमिफाइनलमा भिड्दै

सागर नेपाल

@Mayur Times

२०७७ भदौ २३ गते मङ्गलबार ०३:४८

क्यारेबियन प्रिमियर लिग (सिपीएल) मा नेपाली लेग स्पीनर सन्दीप सम्मिलित टिम जमैका तलावाजको ट्रिनबागो नाइट राइडर्ससँग सेमिफाइनल खेल आज खेल्दै छ । खेल नेपाली समयअनुसार बेलुकी ७ ः४५ बजे हुने खेलमा सन्दीप सम्मिलित खेल जमैकाले कायरन...

क्यारेबियन प्रिमियर लिग (सिपीएल) मा नेपाली लेग स्पीनर सन्दीप सम्मिलित टिम जमैका तलावाजको ट्रिनबागो नाइट राइडर्ससँग सेमिफाइनल खेल आज खेल्दै छ । खेल नेपाली समयअनुसार बेलुकी ७ ः४५ बजे हुने खेलमा सन्दीप सम्मिलित खेल जमैकाले कायरन पोेलाड को कप्तानीमा रहेको ट्रिनबागो नाइट राइडर्सको सामना गर्ने छ ।

नाइट राइडर्सको लिग चरणमा भएका खेलहरुमा शतप्रतिशत जित निकाल्दै १० खेलबाट २० अंक सहित तालिकाको शीर्ष स्थानमा रहँदै सेमिफाइल यात्रा तय गरेको हो । भने जमैकाले १० खेलबाट ३ जीत ६ हार सहित ७ अंकका साथ अंकतालिकाको चौथो स्थानमा रहँदै सेमिफाइनल यात्रा तय गरेको हो भने एक खेल वर्षाका कारण प्रभावित भएर दुवै टिमले अंक बाँडेका थिए । सीपीएलमा लगातार उत्कृष्ट वलिङ गरेका सन्दीपले १० खेलबाट १२ बिकेट लिएका छन् । यस्तै जमैकाका स्पीनर मुजीव उर रहमानले समान १० खेलबाट १५ बिकेट लिँदै यस प्रतियोगिताकै सर्वाधिक बिकेट लिनेको सूचीमा दोस्रो स्थानमा रहेका छन् । त्यस्तै यो प्रतियोगिताकै सबैभन्दा बलियो टिम ट्रिनबागो वलिङ र व्याटिङ दुवैमा यस प्रतियोगिता भरिकै अव्बल टिम मानिन्छ । कायरन पोलाड डोएन बाब्रो, लेन्डन सिमोन्स, कोलिन मनरो जस्ता व्याट्यम्यानले भरिएका यस टिममा वलिङमा पनि त्यस्तै धार रहेको छ । सुनिल नारायण, डोयनबाब्रो, ख्यारीपियर, अलिखान जस्ता खेलाडीले भरिएका यस टिम निकै बलियो रहेको छ । यसकारण यी दुई बिच हुने खेल निकै रोमाञ्चक हुने अनुमान लगाउन सकिन्छ ।

प्रकाशित मिति २३ भाद्र २०७७, मंगलवार १५:४८
प्रतिक्रियाहरू