गण्डकी प्रदेशमा मंगलवार थप ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। योसँगै गण्डकीमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार ६१२ पुगेको स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए।
थपिनेमा कास्कीको पोखरा महानगरपालिकामा मात्रै पाँच जना छन् भने नवलपरासी (बर्दघाट सुस्तापूर्व)का छ जना छन्। नवलपरासीका सबै सङ्क्रमितलाई आइसोलेसन केन्द्र लगिसकिएको र कास्कीका सङ्क्रमितलाई आइसोलेसन केन्द्र लैजाने तयारी गरिएको निर्देशनालयले जनाएको छ।
प्रकाशित मिति २३ भाद्र २०७७, मंगलवार १३:०५