साक्षर नेपाल घोषणा गर्नेतर्फ सरकार केन्द्रित रहेकाे प्रधानमन्त्रीकाे दावी

साक्षर नेपाल घोषणा गर्नेतर्फ सरकार केन्द्रित रहेकाे  प्रधानमन्त्रीकाे दावी

मयूर टाइम्स

@Mayur Times

२०७७ भदौ २३ गते मङ्गलबार १२:४२

प्रधानमन्त्री केपी शर्मा ओलीले ५४औं अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा शुभकामना दिँदै साक्षर नेपाल घोषणा गर्नेतर्फ सरकार केन्द्रित रहेकाे बताउनुभएकाे छ । प्रधानमन्त्री ओलीले सरकारले १५ वर्ष र सोभन्दा माथिको उमेर समूहका...

प्रधानमन्त्री केपी शर्मा ओलीले ५४औं अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा शुभकामना दिँदै साक्षर नेपाल घोषणा गर्नेतर्फ सरकार केन्द्रित रहेकाे बताउनुभएकाे छ ।

प्रधानमन्त्री ओलीले सरकारले १५ वर्ष र सोभन्दा माथिको उमेर समूहका सबै नेपाली नागरिकहरुलाई न्यूनतम साक्षरताको अवसर प्रदान गर्ने र जीवन पर्यन्त सिकाइको आधार तयार गर्ने उद्देश्य राखेको बताउनुभएकाे छ । उहाँले निरक्षर नेपालीलाई साक्षर बनाउनु हाम्रो मूख्य लक्ष्य हो भन्दै प्रधानमन्त्री ओलीले हालसम्म ५३ जिल्ला पूर्ण साक्षर घोषणा भैसकेको दाबी गर्नुभयाे ।

‘हाम्रो संविधानले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र नि: शुल्क तथा माध्यमिक तहको शिक्षा निशुल्क पाउने हक सुनिश्चित गरेको छ,’ शुभकामना सन्देशमा भनिएकाे छ, ‘यस्तो संवैधानिक सुनिश्चिततालाई हामीले कार्यान्वयन गरेका छौं । विद्यालय जाने उमेर नाघेका नागरिकहरुका निमित्त जीवन उपयोगी शिक्षाका अवसरहरु प्रदान गर्दै जीवन पर्यन्त सिकाइका अवसरहरु जुटाउने विषय समेत सरकारको प्राथमिकतामा छ । यसका निमित्त साक्षरता तथा साक्षरोत्तर कार्यक्रमका साथै स्वअध्ययनलाई प्रवद्र्धन गर्ने कार्यक्रमहरु सञ्चालनमा रहेका छन् ।’

यतिबेला विश्वजगत कोभिड– १९ को महामारी सामना गरिरहेको बताउँदै प्रधानमन्त्रीले जनता र राष्ट्रको आर्थिक तथा सामाजिक जीवनमा यसले पुर्याएको क्षतिबाट माथि उठ्ने चुनौति रहेकाे अाैँल्याउनुभयाे । ‘दीगो विकास सम्बन्धी अन्तर्राष्ट्रिय स्तरको लक्ष्य हासिल गर्न हामीले कामको रफ्तार बृद्धि गर्नु पर्नेछ । नेपालले अन्तर्राष्ट्रिय स्तरमा गरेको प्रतिवद्धता कार्यान्वयन गर्न उद्देश्य उनुरुप साक्षर नेपालको अभियान अगाडी बढाइरहेका छौं,’ उहाँले भन्नुभयाे, ‘निरक्षर नेपालीलाई साक्षर बनाउनु हाम्रो मुख्य लक्ष्य हो । हालसम्म ५३ जिल्ला पूर्ण साक्षर घोषणा भैसकेका छन् । आगामी दिनहरुमा वाँकी रहेका जिल्लाहरुको साक्षरता अभियान सञ्चालन गरी साक्षर नेपालको घोषणा गर्नेतर्फ सरकार केन्द्रित छ । अन्तर्राष्ट्रिय साक्षरता दिवसको यस अवसरमा मेरो आग्रह छ– हामी सवै मिलेर साक्षर नेपाल अभियानलाई सफल पारौं ।’

प्रकाशित मिति २३ भाद्र २०७७, मंगलवार १२:४२
प्रतिक्रियाहरू