एकाएक अमिताभ बच्चनमाथि आइलाग्यो ठूलो आपत….

एकाएक अमिताभ बच्चनमाथि आइलाग्यो ठूलो आपत….

मयूर टाइम्स

@Mayur Times

२०७७ भदौ २३ गते मङ्गलबार ०८:४७

केही समय अगाडि मात्रै कोरोना भाइरस संक्रमित हुँदा संसारभरबाट शुभेच्क्षा पाएका बलिउड अभिनेता अमिताभ बच्चन एकाएक विवादमा मुछिएका छन । काेराेनालाई पराजित गरेर घर फर्किएका अभिनेता बच्चनमाथि शुभेच्छुकहरूले चर्काे आलोचना गरिरहेका...

केही समय अगाडि मात्रै कोरोना भाइरस संक्रमित हुँदा संसारभरबाट शुभेच्क्षा पाएका बलिउड अभिनेता अमिताभ बच्चन एकाएक विवादमा मुछिएका छन ।

काेराेनालाई पराजित गरेर घर फर्किएका अभिनेता बच्चनमाथि शुभेच्छुकहरूले चर्काे आलोचना गरिरहेका छन् । बच्चनले केहिदिन अगाडी एउटा विलासी कार खरिद गरेर फोटो सेसन गरी सामाजिक संजालमा पोष्ट गरेसंगै यतिबेला बच्चन परिवार आलोचनाको सि’कार बनेको हो ।

उनले हालै खरिद गरेको नयाँ विलासी कार मर्सिडीज एस–क्लास विश्व महामारीका बेला अनावश्यक भएको सामाजिक संजाल प्रयोगकर्ताहरुको भनाइ छ । केहि हप्ता अगाडी कोरोना जितेका उनले नयाँ कार गरेर कारसहित पोज दिइरहेको तस्वीर भाइरल बनेको थियो । उक्त तस्वीरमा उनलाई गाली र आलोचनाको बर्षा नै भएको छ ।

भारतमा कोरोनाका कारण सयौं मानिसको मृत्यु भइरहेको, लाखौं संक्रमित भएको र करोडौं मानिस भोकमरीमा परिरहेका बेला कार खरिद गर्नु फजुल खर्च भएको भनेर आलोचना भएको हो ।

हालै सार्वजनिक उक्त कारको मुल्य १ करोड ३८ लाख भारु रहेको छ । यद्यपी, उक्त कार अमिताभले खरिद गरेको नभइ विज्ञापनका लागि फोटो सेसन गरेको पनि भनिएको छ ।

प्रकाशित मिति २३ भाद्र २०७७, मंगलवार ०८:४७
प्रतिक्रियाहरू