चालिस वर्ष पछाडि नागरिकता पाउदा बेलीकाे खुसी

चालिस वर्ष पछाडि नागरिकता पाउदा बेलीकाे खुसी

मयूर टाइम्स

@Mayur Times

२०७७ भदौ १ गते सोमबार ०७:५५

दलित र कम्जोर विद्यार्थीको अभिभावकलाई महेन्द्र माविमा बालबालिका सम्बन्धि तालिम थियो । म तालिमा गए चिया पसल जस्ता ब्यवसायमा रु.३५ हजार सहयोग गर्ने कुरा गरे । महिला कै नागरिकता नभई हुदैन भन्यो । बर्ष १५ र ८ बर्षको २ वटा छोरा छन् ।...

दलित र कम्जोर विद्यार्थीको अभिभावकलाई महेन्द्र माविमा बालबालिका सम्बन्धि तालिम थियो । म तालिमा गए चिया पसल जस्ता ब्यवसायमा रु.३५ हजार सहयोग गर्ने कुरा गरे । महिला कै नागरिकता नभई हुदैन भन्यो । बर्ष १५ र ८ बर्षको २ वटा छोरा छन् । कान्छो छोरो कक्षा १ मा पढ्छ । ५ बर्ष देखि भेडा चराउन पठाए । ३ बर्ष सम्म । त्यस पछि काठमाण्डौ होटलमा काम गरेर पढ्दै छ । भित्र भित्रै मरेको आश पलायो । थारै सहयोग पाए । घर चलाउन र बच्चा पढाउन सक्थे ।

तर त्यो सहयोग लिन नागरिकता चाहिने भने पनि फेरि अर्को चिन्ता थपियो । श्रीमानले कतै जना दिदैनन् । श्रीमान्ले एउटा न एउटा न्यू झिकेर कुट्ने र पिट्ने गर्थे । कुट्दा हात र लाती प्रयोग गर्थे । छिमेकीहरु पनि कुटेर तहलगाउनु पर्छ भन्थे । श्रीमान्ले सहयोग नगरे पछि अरु कस्को सहयोग पाउनु र । छिमेकीहरु मेरो कुरा र पीडा सुनेर हाँस्छन् मात्र । त्यस पछि म एक्लै नगरिकताको प्रतिलिपी बनाउनको लागी इचोक गाविस कार्यलयमा जाँदा सचिब भेटिएन । सचिब आउला र सिफारिस लिउला भन्ने आशमा दिनभरी बसे । ४ बजे घर फर्केर आए । म सँग फोन थिएन र फोन गर्न पनि जान्दिन । यसै गरी ३ दिन सम्म नागरिकताको सिफारिस लिन गाविस कार्यालय धाए । म हैरान भए । घरमा आए श्रीमानले पिट्ने । त्यस पछि भूमि अधिकारमा काम गर्ने माधब ढकाललाई भेट्न घर गए । तर घरमा भेटिएन । चौतारमा गएको भन्ने जानकारी पाए । त्यसको ४ दिन पछि घरमा भेटे र मेरो सबै कुरा सुनाए । उहाँले सहयोग गर्ने कुरा गरे तर म सग फोटो खिच्ने र चौतारा जनाको लागी बस भाडा पनि थिएन । ऋण माग्दा कसैले दिएनन् पनि । मेरो तिर्न नसक्ने अवस्था देखेर हुनु पर्छ ।

चौतारा जाने भन्दा अघिल्लो दिन भेटे । पैसा भएन भनेर । चिन्ता नमान्नु भने पछि म नागरिकता बनाउन चौतारा जाने तयारीमा बसे । रातभरी चिन्नात लाग्यो । मैले नागरिकताकै कारण सहयोग नपाउने पो हो कि ? आइतबार म चौतारा जान सफल भए । चैतारा पहिलो चोटी हो । फोटो खिचे र सचिबका सिफारिस लिने ठाउँमा लानुभयो । यस दिन नागरिकताको लागी सिफारिस निल मात्र भ्याइयो । त्यसको भोलिपल्ट जिल्ला प्रशासन कार्यलयमा लानुभयो । पहिलो चोटी देखेको । त्यस पछि प्रमुख जिल्ला अधिकारीलाई भनेर सबै समस्या राखे पछि । फाँटवालाई बोलाएर काम गर्न लागाउनु भयो । घुइचो थियो । १ देखि २ घण्टामा मेरो नागरिकता पाए । नागरिकता नबन्दा धेरै चिन्ता लागेको थियो । भूमि अधिकार मञ्चको सहयोगमा नागरिकता बनाए पछि गुमेको ३५ हजार रुपैया पाए र बाखा्र पालन गरेको छु । भूमि अधिकर मञ्चलाई धेरै धेरै धन्यावाद ।

प्रकाशित मिति १ भाद्र २०७७, सोमबार ०७:५५
प्रतिक्रियाहरू