टी ट्वान्टी विश्व वरियतामा पहिलो स्थानको लागि प्रतिस्पर्धा ः इङल्याण्ड अष्टेलिया भिड्दै

टी ट्वान्टी विश्व वरियतामा पहिलो स्थानको लागि प्रतिस्पर्धा ः इङल्याण्ड अष्टेलिया भिड्दै

सागर नेपाल

@Mayur Times

२०७७ भदौ २३ गते मङ्गलबार ०७:३५

इङल्याण्ड अष्टेलिया बिचको अन्तिम तथा तेस्रो टीट्वान्टी खेल आज हुँदै छ । इङल्याण्डको साउथह्यामटनमा नेपाली समयअनुसार बेलुकी १० ः ४५ देखि खेल सुरु हुनेछ । इङल्याण्ड अष्टेलिया बिचको तीन टी ट्वान्टी सिरिजको अन्तिम खेलमा टी ट्वान्टी...

इङल्याण्ड अष्टेलिया बिचको अन्तिम तथा तेस्रो टीट्वान्टी खेल आज हुँदै छ । इङल्याण्डको साउथह्यामटनमा नेपाली समयअनुसार बेलुकी १० ः ४५ देखि खेल सुरु हुनेछ ।

इङल्याण्ड अष्टेलिया बिचको तीन टी ट्वान्टी सिरिजको अन्तिम खेलमा टी ट्वान्टी विश्व वरियतामा पहिलो स्थानका लागि प्रतिस्पर्धा हुँदैछ । यस अघि नै यस टी ट्वान्टी सिरिज इङल्याण्डले आफ्नो पक्षमा पारिसकेको छ । अन्तिम तथा तेस्रो टीट्वान्टी खेल जुन टीमले जित्ने छ । सो टिम टी ट्वान्टी विश्व वरियतमा पहिलो स्थानमा उक्लने छ । इङल्याण्ड अष्टेलिया सिरिज हुनु अगाडि अष्टेलिया टी ट्वान्टी विश्व वरियतामा पहिलो स्थानमा थियाे ।

यो ।

 

अहिलेको अवस्थामा इङल्याण्डको २१ खेलबाट ५ हजार ७३६ पोइन्ट तथा २७३ रेटिङ रहेको छ भने समान २१ खेल खेलेको अष्टेलियाको ५ हजार ७२५ पोइन्ट तथा २७३ रेटिङ रहेको छ । अहिलेको अवस्थामा यस नतिजालाई हेर्ने हो भने इङल्याण्ड केही पोइन्टले गर्दा अगाडि रहेको छ । यसकारण अन्तिम खेल जुन टिमले जित्छ । सो टिम विश्व टी ट्वान्टी वरियतामा पहिलो स्थानमा रहने छ भने पराजित हुने टिम दोस्रो स्थानमा रहने छ । यस अगाडि सिरिजको पहिलो र दोस्रो टी ट्वान्टी इङल्याण्डले क्रमशः २ रन ले ६ बिकेटले ले जितेको थियो । इङल्याण्डको लागि तेस्रो तथा अन्तिम टी ट्वान्टी खेलमा ओपनर ब्याट्सम्यान जोस बटलर नखेल्ने भएका छन् । उनले पारिवारिक समस्या देखाउँदै आफू अन्तिम टी ट्वान्टी खेल नखेल्ने पत्रकारहरुँग बताएका छन् ।

प्रकाशित मिति २३ भाद्र २०७७, मंगलवार ०७:३५
प्रतिक्रियाहरू