ललितपुर झडपमा समातिएका ७ जना हाजिर जमानीमा छुटेका छन् । बिहीबार रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा प्रहरीको अवरोधपछि झडप भएको थियो । झडपमा परी केहि प्रहरी र केहि स्थानीय घाइते समेत भएका थिए । उता प्रहरी स्रोतले भने उनीहरु छुटेको नभइ स्वास्थ्यको समस्याका कारण निकाे भएपछि हाजिर हुनेगरी सर्तमा छाडिएकाे बताएकाे छ ।
छुटेका ७ मध्ये ६ जनामा कोरोना संक्रमण देखिएकाले राख्ने व्यवस्था राम्रो नभएकाले उनीहरुलाई हाजिर जमानीमा छाड्न बाध्य भएको जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ ।
पक्राउ परेका १९ मध्ये ५ जना हिरासतमा रहेका छन् उनीहरुको कोरोना परीक्षण भएतापनि रिपोर्ट आइनसकेको प्रहरीले जनाएको छ । त्यस्तै अन्य यसअघि नै सामान्य सोधपुछपछि छुटिसकेका छन् ।
प्रकाशित मिति २३ भाद्र २०७७, मंगलवार ०६:२४