प्रवर्तन निर्देशालय (ईडी) सुशांत सिंह राजपूतको बैंक खाताबाट हराएको १५ करोड रुपैयाँ को पत्ता लगाउन संघर्ष गरिरहेछन्, जुन रकम उनकी प्रेमिका रिया चक्रवर्तीले प्रयोग गरेको आ’रोप लगाइएको छ। तर रियाले यसबारे नयाँ तथ्य भएको बताएकी छिन्। उक्त रकम सुशान्त नयाँ फिल्म प्रोजेक्टमा स्पष्ट रूपमा जोडिएको र पैसा सुशान्तलाई भुक्तान नै नगरेको हुन सक्छ इन्डिया टुडेले लेखेको छ।
एक अन्तर्वार्तामा रिया चक्रवर्तीले सुशांत सिंह राजपूतले लेखक निर्देशक रुमी जाफरी र निर्माता वाशु भगनानीले एक फिल्ममा कास्ट गर्न लागेको बारे सुशान्तले उनको परिवारलाई जानकारी गराएकोमा जोड दिएकी छिन्।“उनीहरूको बैठकमा सुशांत र वाशु सरको बीचमा सायद १५ करोड रूपैयाँमा फिल्ममा काम गर्ने निर्णय भएको थियो। सुशान्त यसमा धेरै खुसी थिए। फेब्रुअरी महिनामा यो सहमति भएको हो ,” उनले भनिन्।
रिया चक्रवर्तीले भनिन्, सुशान्त र फिल्म निर्माताहरूले औपचारिक सम्झौतामा हस्ताक्षर गरेका थिएनन्।”त्यो मौखिक सम्झौता थियो। कागजमा केहि पनि हस्ताक्षर गरिएको थिएन। दुर्भाग्यवस, लकडाउन तुरुन्तै भयो। हामीले मेमा शूटिंग शुरू गर्नु पर्ने थियो, र औपचारिक सहमति मार्च-अप्रिलमा हुनेवाला थियो, तर स्थगित भयो त्यसैले , कुनै लेनदेन भएको छैन। ”
उता निर्देशक जाफरीले भने पोजेक्ट बारे कुरा हुदाँ रिया र सुशान्त सँगै भएको तर त्यसबेला अनौपचारिक छलफलमा टुंगिएको र त्यसपछि भेट नभएको उल्लेख गरे।
प्रकाशित मिति २२ भाद्र २०७७, सोमबार २१:२१