कोरोना भाइरस संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज थप ११ जनाको मृत्यु भएको औपचारिक रुपमा पुष्टि गरेको छ । पछिल्लो २४ घण्टामा मृत्यु हुनेमा ४ जना महिला र ७ जना पुरुष रहेका छन् । मृत्यु हुने महिलामा काठमाडौँका ३ जना र कास्कीकी जना जना रहेका छन् ।
त्यस्तै सिरहाका २ जना, मोरङ, सर्लाही, दोलखा, मकवानपुर र बाँकेका एक जना पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३०० पुगेको छ ।
प्रकाशित मिति २२ भाद्र २०७७, सोमबार १७:१०