अद्यावधिक विवरण अनुसार साेमाबार नेपालमा ९७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा ९७९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिंगमा जनाकारी गराइएको हो ।
यो संगै नेपालमा अहिलेसम्म संक्रमितको संख्या ४८ हजार २३६ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा. जागेश्वर गौतमले बताए । आइतबार मात्रै देशभर ९८० जनामा काेराेना संक्रमण पुष्टि भएकाे थियाे ।
हाल नेपालमा १६ हजार २५९ सक्रिय संक्रमित रहेका छन् । पहिल्लाे २४ घण्टामा १ हजार ७३६ काेराेनाकाे संक्रमणबाट निको भएर घर फर्किएका छन् । हालसम्म ३० हजार ६७७ जना काेराेना मुक्त भइ घर फर्किसकेका छन् । पहिल्लाे २४ घण्टामा ९ हजार २१८ गरि हालसम्म ७ लाख ७७ हजार ५६३ को पिसिआर परिक्षण भएको छ ।
प्रकाशित मिति २२ भाद्र २०७७, सोमबार १६:३८