आशा तामाङकाे खाेसिएकाे सपना

आशा तामाङकाे खाेसिएकाे सपना

मयूर टाइम्स

@Mayur Times

२०७७ भदौ १ गते सोमबार ०७:४२

आशा तामाङ । उमेर २७ बर्ष । हेलम्बु ८ दोरिङ । इण्डियाको लदकमा २०४७ सालमा जन्म भयो । बुबा र आमाको भेट पनि इण्डियामा भएर विहे भएको रहेछ । विहे भएको ४ बर्ष पछि छुट्यो । आमाले होटल चलाउनुहुन्थ्यो । बाले दिनभरी जुवा र तास खेल्नुहुन्थ्यो...

आशा तामाङ । उमेर २७ बर्ष । हेलम्बु ८ दोरिङ । इण्डियाको लदकमा २०४७ सालमा जन्म भयो । बुबा र आमाको भेट पनि इण्डियामा भएर विहे भएको रहेछ । विहे भएको ४ बर्ष पछि छुट्यो । आमाले होटल चलाउनुहुन्थ्यो । बाले दिनभरी जुवा र तास खेल्नुहुन्थ्यो । म १४ बर्षको छदा धादिङ जिल्लाको सिम्ले गाविसमा आएर बसेको याद छ । इण्डियामा ८ पढेको नेपाली बोल्न जानिन र २ बर्ष नेपाली सिके पछि फेरी निरन्तरता दिए । एस एल सी पास भए पछि थप पढ्न सकिन । २०६६ सालमा हेलम्बुको दोर्जे लामा सँग विहे भयो । विहे भएको १ हप्ता नपुग्दै घरमा ऋण असुल गर्न आउने मान्छेको लाइन लाग्यो । श्रीमान विदेश जाँदा र सुसुराको गोडा भाँचिदा ऋण लागेको रहेछ तेतिकैमा । पेम्बा लामाले आफू बसिरहेको छाप्रो किन्न अनुरोध गरे । चाइनिज कम्पनीले काम छोडेको र ब्यापार नभएकाले बेच्न लागेको रहेछ । पछि थाहा भयो । ६४ हजारमा पसल थाप्ने छाप्रो किने । मिति २०७२ बैशाख १२ गते गएको विनाशकारी भूकम्पले लडेको दोङिको पहिरोले छाप्रो पुरी दियो । परिवारमा ऋण थपिदै गए पछि र बस्ने बासै नभए पछि श्रीमानले गाली गर्न थाले । समस्या बुझ्न छोडे । आफूले केहि नगर्ने गाउँलेले जे भन्यो त्यही मान्ने । यस्तो धेरै महिना भएपछि । टाउको दुख्ने,बेला बेलामा अध्याँरो भएर आँखा छोप्ने,हिडेको बेलामा लड्ने हुन थाल्यो । तैपनि हार मानिन शुरुङमा फेरी त्यही ठाउँमा पाएको संस्थाले दिएको जस्ता प्रयोग गरेर छाप्रो हालेर होटल गर्न थाले । २ वटा सुङगुर पालन गरेर परिवार चलाउन थाले ।
मेरो आमा र म हेलम्बुमा बसेको १० बर्ष भयो । गाउँलेले ठल नगरेको भन्दै संस्था बाट पाउने राहत कटाइदियो । भिन्नु भएर घर बाट छुटेर बसेको ७ बर्ष भयो । आफू सँग पैसा छैन । ठल गर्दा ७÷८ लाग्छ । त्यही भएर म हरेक कुरा बाट बञ्चित हुदै गए । संस्थाको सरहरुले नाम लेख्यो । गाविसमा जस्ता लिन जाँदा नाम छैन भन्यो । गाउँले को देउँमा नाम छैन भने पछि उदास भएर फर्कनु भयो । घरमा आएर आफूलाई लाजमदो भएको भन्दै दुखि हुनुभयो ।
मेरो सासु र ससुराको नाउँमा जग्गा जमिन छ । तर भुकम्प र दोरिङको पहिराको कारण घर बनाउन योग्य जग्गा छैन । धेरै उदारो जान्छ । महिनामा ७÷८ हजार आम्दामी हुन्छ । त्यसले परिवार चलाएको छु । सबैले सरकारी आवास घर नाप्न दिएन् । सबैले सम्झौता गरे । तर मेरो नाउँमा जग्गा पनि थिएन र सम्झौता पनि भएन । भूकम्प बाट प्रभावित ब्याक्तिको नाउँमा जग्गा दर्ता गर्नको लागी सूचना पाएँ । तर त्यसको लागी वडा मुचुल्का,गाविस सचिवको सिफारिस चाहिने रहेछ । गाविस सचिबलाई फोन गरेर । सचिबलाईले केको लागि सिफारिस भन्यो । गग्गा दर्ताको भने पछि मिल्दैन भन्यो । सचिबको सिफारिस लिन ३ दिन कुरे । म्याद सकिएला भन्ने धेरै चिन्ता भयो । मैले केहि गर्न सक्दिन जस्तो लाग्यो ।

प्रकाशित मिति १ भाद्र २०७७, सोमबार ०७:४२
प्रतिक्रियाहरू