हेलम्बुमा ‘बञ्जी जम्प’ निर्माण हुँदै

हेलम्बुमा ‘बञ्जी जम्प’ निर्माण हुँदै

मयूर टाइम्स

@Mayur Times

२०७७ भदौ २२ गते सोमबार ०३:३९

देशको प्रमुखको पर्यटकीय स्थलको रुपमा चिनिएको सिन्धुपाल्चोककाे हेलम्बु गाउँपालिकामा ‘बञ्जी जम्प’को लागि झोलुङ्गे पुल निर्माण हुने भएको छ। हेलम्बु गाउँपालिका-१ स्थित ङिमादावा पाङ्गाङमा निर्माण गरिने १७३ मिटर उचाइ र ३७० मिटर...

देशको प्रमुखको पर्यटकीय स्थलको रुपमा चिनिएको सिन्धुपाल्चोककाे हेलम्बु गाउँपालिकामा ‘बञ्जी जम्प’को लागि झोलुङ्गे पुल निर्माण हुने भएको छ।
हेलम्बु गाउँपालिका-१ स्थित ङिमादावा पाङ्गाङमा निर्माण गरिने १७३ मिटर उचाइ र ३७० मिटर लम्बाइको झोलुङ्गे पुल निर्माणका लागि ठेक्का सम्झौता भएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए।

उनका अनुसार हाल कोरोना भाइरसका कारण देशैभरी निषेधाज्ञा जारी भएकोले आगामी दशैँपछि मात्र काम शुरु गरिने कार्यक्रम रहेको छ। बढीभन्दा बढी आन्तरिक र बाह्य पर्यटक भित्र्याउने उद्देश्यले आफू निर्वाचित भएर आएदेखि यस ठाउँमा बञ्जीको निर्माण गर्ने परिकल्पना गरेको र अब त्यसले साकार रुप लिन लागेको अध्यक्ष शेर्पाको भनाइ छ।

धार्मिक सांस्कृतिक र प्राकृतिक सुन्दरताले भरिपूर्ण रहेको हेलम्बुमा पर्यटकलाई आकर्षित गराउने उद्देश्यले चीनको ग्रेटवालको झल्को दिने खालको कूल ६० किलोमिटर हिमालय ग्रेट ट्रेलको (पदमार्ग)समेत गतवर्षदेखि निर्माण कार्य शुरु गरिएको छ।

प्रकाशित मिति २२ भाद्र २०७७, सोमबार १५:३९
प्रतिक्रियाहरू