एक खेल अगावै अष्ट्रेलियाले गुमायो टी – ट्वान्टी सिरिज

एक खेल अगावै अष्ट्रेलियाले गुमायो टी – ट्वान्टी सिरिज

सागर नेपाल

@Mayur Times

२०७७ भदौ २२ गते सोमबार ०७:३७

इङल्याण्ड र अष्ट्रेलिया बिचको तीन टी – ट्वान्टी श्रृङ्खला इङल्याण्डले एक खेल अगावै सिरिज आफ्नो पक्षमा पारेको छ । इङल्याण्डको साउथह्यामटनमा भएको खेलमा अष्ट्रेलियालाई ६ बिकेटले हराएसँगै इङल्याण्डले सिरिज आफ्नो पक्षमा पारेको...

इङल्याण्ड र अष्ट्रेलिया बिचको तीन टी – ट्वान्टी श्रृङ्खला इङल्याण्डले एक खेल अगावै सिरिज आफ्नो पक्षमा पारेको छ । इङल्याण्डको साउथह्यामटनमा भएको खेलमा अष्ट्रेलियालाई ६ बिकेटले हराएसँगै इङल्याण्डले सिरिज आफ्नो पक्षमा पारेको हो ।

टस जितेर व्याटिङमा आएको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ७ बिकेट गुमाएर १५७ रन बनायो । अष्ट्रेलिया लागि कप्तान आरोन फिन्चले ३३ बलमा ४० रन बनाए । त्यस्तै माकोर्स स्टोनिइसले २६ बलमा ३५ रन प्रहार गरेर । इङल्याण्डको लागि क्रिस जोडनले २ तथा मार्क उड, ज्रोफा आर्चर, तथा अदिल रसिदले समान १–१ बिकेट लिए जवाफी १५८ रनको लक्ष्य पछ्याएको इङल्याण्डले १८.५ ओभरमा ४ विकेट गुमाएर १५८ रन बनायो । इङल्याण्डका लागि जोस बटलरले नट आउट पारी खेल्दै ५४ वलमा ७७ रन बनाए भने डेविड मलानले ३२ वलमा ४२ रन बनाए । अष्ट्रेलियाको तर्फबाट अस्टन अगरले २ तथा मिचेल स्टार्क र एडम जाम्पाले समान १–१ बिकेट लिए । खेलको म्यान अफ द म्याच जोस बटलर घोषित भए । सिरिजको अन्तिम टीट्वान्टी खेल ८ सेप्टेम्बर अर्थात् आउँदो मंगलबार हुनेछ ।

प्रकाशित मिति २२ भाद्र २०७७, सोमबार ०७:३७
प्रतिक्रियाहरू