सुशान्तको घरबाट जबर्जस्ती लिइएको हार्ड डिस्क कसरी पुग्यो अक्षय कुमारसम्म बलिउड अभिनेता सुशान्त सिंह राजपुत मामिलामा पछिल्लो समय अर्का बलिउड अभिनेता अक्षय कुमारको नाम जोडिएको छ।
भारतमा अनलाइन गेम पब्जी बन्द भएपछि अक्षय कुमारले पब्जीको जस्तै फिचर भएको एउटा स्वदेशी अनलाइन गेम `फौ’जी´ लञ्च गर्ने तयारीमा आफू रहेको घोषणा गरेका छन्।
सुशान्तको मृ’त्युपश्चात् अक्षय कुमारले गरेको यो दोस्रो प्रोजेक्ट हो। सुशान्तले आर्टिफिसियल इन्टेलिजेन्टमा काम गरिरहेका थिए। साथै डिसेम्बर २०२० को अन्त्यसम्म त्यसैमा आधारित एउटा गेम पनि ल्याउने तयारीमा थिए।
भारतीय मिडियाहरूका अनुसार, अक्षयले ल्याउन थालेको प्रोजेक्ट सुशान्तले काम गरेको प्रोजेक्टसँग धेरै मिल्दोजुल्दो छ। अक्षय कुमारले एकपछि अर्को गेमिङ्ग याप सेन्सर डिभाइस लञ्च गरिरहेका छन् त्यसका निम्ति आर्टिफिसियल इन्टिटेलिजेन्स मात्र प्रयोग हुन्छ। र आर्टिफिसियल इन्टेलिजेन्समा फिल्म इन्डस्ट्रीका एक व्यक्ति सुशान्तले मात्र काम गर्दै थिए। अरूलाई यसबारेमा जानकारी थिएन।
अब अक्षयमाथि फ्यानहरूले संकाका साथै प्रश्नहरू उठाइरहेका छन्। सुशान्तको घरबाट जबर्जस्ती लगिएको हार्ड डिस्कमै यो प्रोजेक्ट त थिएन? सुशान्तको घरबाट जबर्जस्ती ८ वटा हार्ड डिस्क लगिएको थियो। हुनसक्छ यो तीनै हार्ड डिस्कबाट तानिएको होस्। यसबारेमा अझै कुनै पनि कुरा पुष्टि भएको छैन। तर सुशान्तको मृत्युपछि उनकै प्रोजेक्टसँग मिल्दाजुल्दा दुईवटा प्रोजेक्ट अक्षयले गर्नुलाई धेरैले सुशान्तको आर्टिफिसियल इन्टेलिजेन्टसँग जोडेर हेरेका छन्। पुष्टि भने हुन अझै बाँकी छ।
प्रकाशित मिति २१ भाद्र २०७७, आईतवार २१:२६