नायिका मलाइका अरोरालाई देखियाे कोरोना

नायिका मलाइका अरोरालाई  देखियाे कोरोना

मयूर टाइम्स

@Mayur Times

२०७७ भदौ २१ गते अाईतबार ०९:०८

बलिउडकी चर्चित कलाकार मलाइका अरोरालाई कोरोना पोजेटिभ देखिएको छ। मलाइकाकी बहिनी अमृता अरोराले मलाइकालाई कोरोना पोजेटिभ भएको बताएकी हुन्। आइतबार नै मलाइकाका प्रेमी अभिनेता अर्जुन कपूरलाई कोरोना पोजेटिभ देखिएको थियो। अर्जुनले...

बलिउडकी चर्चित कलाकार मलाइका अरोरालाई कोरोना पोजेटिभ देखिएको छ। मलाइकाकी बहिनी अमृता अरोराले मलाइकालाई कोरोना पोजेटिभ भएको बताएकी हुन्। आइतबार नै मलाइकाका प्रेमी अभिनेता अर्जुन कपूरलाई कोरोना पोजेटिभ देखिएको थियो। अर्जुनले आफू कोरोना पोजेटिभ भएको सामाजिक सञ्जालबाट जानकारी दिएका थिए।

भारतमा पछिल्लो समय कोरोना संक्रमितको सङ्ख्या बढ्दो छ। पछिल्लो समय बलिउडका कलाकारलाई पनि कोरोना पोजेटिभ भएको खबरहरु बाहिरीएका छन्। यो भन्दा पहिले भारतका दिग्गज अभिनेता अमिताभ बच्चनको परिवारलाई नै कोरोना संक्रमण भएको थियो।

प्रकाशित मिति २१ भाद्र २०७७, आईतवार २१:०८
प्रतिक्रियाहरू