विगत २४ घण्टामा काठमाडौं उपत्यकामा ३५४ जनामा संक्रमण पुष्टि भएको छ । त्यसमध्ये काठमाडौंमा २९० जना, ललितपुरमा ३२ जना र भत्तपुरमा ३२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । उपत्यकामा शनिबार मात्र ४०८ जना संक्रमित फेला परेका थिए ।
आइतबार नेपालमा ९८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा ९८० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिंगमा जनाकारी गराइएको हो ।
यो संगै नेपालमा अहिलेसम्म संक्रमितको संख्या ४६ हजार २५७ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा. जागेश्वर गौतमले बताए । शनिबार मात्रै देशभर १३५९ जनामा काेराेना संक्रमण पुष्टि भएकाे थियाे ।
हाल नेपालमा १७ हजार २७ सक्रिय संक्रमित रहेका छन् । पहिल्लाे २४ घण्टामा १ हजार ८१४ काेराेनाकाे संक्रमणबाट निको भएर घर फर्किएका छन् । हालसम्म २८ हजार ९४१ जना काेराेना मुक्त भइ घर फर्किसकेका छन् । पहिल्लाे २४ घण्टामा १० हजार ३८२ गरि हालसम्म ७ लाख ७८ हजार ३४५ को पिसिआर परिक्षण भएको छ ।
प्रकाशित मिति २१ भाद्र २०७७, आईतवार १७:०३