कथा ः सम्झौता

कथा ः सम्झौता

मयूर टाइम्स

@Mayur Times

२०७७ साउन ३२ गते अाईतबार ०३:५१

मंसिर महिनाको चिसो माथि हेलम्बुका हिमाल त्यति खुलेका छैनन् मेरो मनजस्तै । प्रभात कलिङ्ग फोन उठाउँछु । जन्ती मुग्लिन आइपुग्यो । एकपटक म भासिए मेरो शीरमाथि ठुलो पहाड आएर बजारियो । प्रभातको फोन पछि मुटुमा पुरै आइस जमेको छ । एक मन त...

मंसिर महिनाको चिसो माथि हेलम्बुका हिमाल त्यति खुलेका छैनन् मेरो मनजस्तै । प्रभात कलिङ्ग फोन उठाउँछु । जन्ती मुग्लिन आइपुग्यो ।

एकपटक म भासिए मेरो शीरमाथि ठुलो पहाड आएर बजारियो । प्रभातको फोन पछि मुटुमा पुरै आइस जमेको छ । एक मन त लाग्यो जन्ती मुग्लिन आइपुग्यो मुग्लिन र हेलम्बुको दुरी हिसाब गर्छु सोचिदिन्छु आत्माहत्या गरmँ ऊ आइपुग्नजेल मेरो चित्ता जलिसक्छ । घरभरी पाहुना छ फुपु दिदी भर्खरै आउनु भएछ उहाँको हातमा सृङ्गारको झोला छ दिदै भन्नुभयो –‘किन यस्ती विहेको दिनपनि रङ्ग नै उडेको छ त म चुपचाप बस्छु । मलाई भन्न मन छ मेरो जिन्दगीको रङ्ग नै कहाँ बाँकी छ र दिदी । सृङ्गारको झोलामा तीन दर्जन चुरा, आइस्याडो, र केही पोतेका डोराहरू रहेछन् सुयोगले सम्झिएर गोडा फतक्क गल्यो ।

कहाँ होला ? के गर्दै होला ? रुँदै होला कि हाँस्दै मेरो सबैभन्दा खुसीको दिन मेरो हरेक खुसीको हकदार ऊ । मेरो खुसीमा सहभागी हुन पाएन । म उसको साथमा हुँदा आफूलाई सबैभन्दा सुरक्षित महसुस गर्थे थाहा छैन म आज कति सुरक्षित छु । सुयोग सक्छौ भने माफ गर मैले तिम्रो मुटुको टुटाएकी छु मेरो कारणले तिमी पटकपटक टुटेका छौ । फोन आयो कुसुम हामी थानकोट आइपुग्यौँ अस्ति मैले पठाएको रातो साडी लगाउ मलाई तिमीलाई हेर्न हतार छ उडेर आउँ जस्तै भएको छ मन ऊ निरन्तर बोलिरहेछ म सुनिरहेछु ।

मलाई पनि मेरो सुयोगसम्म उडेर पुग्न मन छ र उसको छातीमा टाँसिएर मेरो बाध्यता र विवशताको कहानी सुनाउन मन छ । र उसलाई भन्न मन छ । प्रभात हामी भागेर टाढा जाउँ यो भुगोल भन्दा पनि
कुसुम कता छौ आवाजले झस्कन्छु ए गोविन्द दाईपनि आउनु भएछ मनमनै भन्छु किन आएका हुन् यी आफन्तहरू मेरो आलो घाउमा नुन छर्न ।

तिमी भाग्यमानी रहेछौ कुसुम धनी परिवार र पढेको घर पायौ । अँ साँची ज्वाईँ के गर्नु हुन्छ अरे ?आफ्नै कन्सनटेन्सी छ दाई मन नलाग्दा नलाग्दै भन्न विवश हुन्छु । खुब राम्रोसँग पाल्नुहुन्छ
यस पटक रोक्न खोज्दा खोज्दै सुयोगलाई सम्झिएर वर्रर आँसु भ¥यो ।
माइतीघर छोड्दा सबैलाई पीडा हुन्छ यति बुझेकी छौ फेरि किन रोएकी ।
चुपचाप आफ्नो कोठातिर लाग्छु ।

कुसुम सिंगार गर्न आउ ममीको आग्रह । कुसुम ज्वाईँलाई फोन गर न दादाको आदेश, कुसुम हेर तिम्रो अफिसको सर पनि भएछ बाबाको उत्साह, कसुम दिदी आज हजुरले किन यति राम्रो कपडा लगाएको सानो भाईको प्रश्न किन सोधेनन् कुसुम तिम्रो पहिलाको प्रेमी थियो नि उसलाई सम्झाउ ऊ पनि दुखी होला ? आज ऊ किन आएन ? कठै मेरो विवशता परिवारका सबै यति खुसी छन् म भने किन रोइरोइ बसेको छु ।

सुयोगलाई फोन गर्न मोवाइल उठाउन खोजेँ सकिन । ऊ आफ्नै संसारमा छ उसलाई म किन सुनाउ मेरो विवशताको कथा ? किन खोसु उसको मुस्कान ? उसले गल्ती नै के गरेको छ र ? मलाई माया गर्नु बाहेक विचरा भोकै होला मुटु चिरिएर आयो ।

हिजोअस्ति मलाई कसैले पनि विहे गर्दैनन् बुढी भई भन्नेहरू पनि मेरो विहेमा सहभागी हुन आएका छन् । सबैको चासो छ बेहुली कस्ती भई ? नवराज दाईले भन्नुभयो – तिमीले यति बर्ष यहाँ दुःख ग¥यौ ? हाम्रो आवाजलाई रेडियो बजायौ आज दुख लागेको छ छोडेर जाँदै छौ तिम्रो जीवन सुखद रहोस म अँध्यारो मुस्कुराएँ ।

मलाई कसैको सानतोना गुनासो सुन्न मन छैन मलाई मेरो सुयोग को बोली सुन्न मन छ । उसको प्रेमिल स्पर्शको प्यास छ दुनियाँ कति स्वार्थी कति वकवास बोलिरहेछन् ?

प्रकाशित मिति ३२ श्रावण २०७७, आईतवार १५:५१
प्रतिक्रियाहरू
देव सजन सुनारकाे चार मुक्तक

देव सजन सुनारकाे चार मुक्तक
२०७७ असोज १ गते बिहिबार ०७:३७

कविता – बिजयीता भण्डारी

कविता – बिजयीता भण्डारी
२०७७ असोज १ गते बिहिबार ०७:०३

लकडाउन हर कोहीको लागि अलग सिद्ध

लकडाउन हर कोहीको लागि अलग सिद्ध
२०७७ भदौ ३१ गते बुधबार ११:११

गजल – सेन्टी सुन्दर

गजल – सेन्टी सुन्दर
२०७७ भदौ ३१ गते बुधबार ११:०९