यूइएफए नेसन्स लिगमा पोर्चुगलकाे विजय सुरुवात

यूइएफए नेसन्स लिगमा पोर्चुगलकाे विजय सुरुवात

सागर नेपाल

@Mayur Times

२०७७ भदौ २१ गते अाईतबार ०९:१८

यूइएफए नेसन्स लिगमा पोर्चुगलले विजय सुरुवात गरेको छ । शनिबार राति भएको खेलमा पोर्चुगलले क्रोएसिया माथि ४–१ को शान्दार जित निकाल्न सफल भएको हो । घरेलु मैदान इस्टाडियो डु ड्रागआओमा खेलको ४१ औँ मिनेटमा पोर्चुगलका लागि क्यानसेलोले...

यूइएफए नेसन्स लिगमा पोर्चुगलले विजय सुरुवात गरेको छ । शनिबार राति भएको खेलमा पोर्चुगलले क्रोएसिया माथि ४–१ को शान्दार जित निकाल्न सफल भएको हो । घरेलु मैदान इस्टाडियो डु ड्रागआओमा खेलको ४१ औँ मिनेटमा पोर्चुगलका लागि क्यानसेलोले गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफ एक शुन्नाले अगाडि रहेको पोर्चुगल दोस्रो हाफमा थप तीन गोल गर्न सफल भयो ।

खेलको ५८ मिनेटमा डिएगो जोर्टा, ७० औँ मिनेटमा सेक्युरा, तथा अन्तिम गोल खेलको ९४ मिनेटमा आन्द्रे सिल्भाले गरे । यही समूहको अर्को खेलमा स्वीडेनलाई उसकै घरेलु मैदानमा फ्रान्सले १–० ले हराएको छ । फ्रान्सका  लागि खेलको ४१ औँ मिनेटमा एमबाप्पेले निर्णायक गोल गरे ।

प्रकाशित मिति २१ भाद्र २०७७, आईतवार ०९:१८
प्रतिक्रियाहरू