चितवनमा थप ५३ जनामा देखियाे कोरोना

चितवनमा थप ५३ जनामा  देखियाे कोरोना

मयूर टाइम्स

@Mayur Times

२०७७ भदौ २१ गते अाईतबार ०७:२२

चितवनमा थप ५३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशाला र चितवन मेडिकल कलेजकाे प्रयाेगशालाले शनिबार निकालेकाे नतिजा अनुसार ५३ जनामा काेराेना संक्रण भएकाे हाे । भरतपुर प्रयाेशालामा...

चितवनमा थप ५३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशाला र चितवन मेडिकल कलेजकाे प्रयाेगशालाले शनिबार निकालेकाे नतिजा अनुसार ५३ जनामा काेराेना संक्रण भएकाे हाे ।

भरतपुर प्रयाेशालामा शनिबार राति गरिएको परीक्षणमा चितवनका ३० र अन्य विभिन्न जिल्लाका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिइन् ।

संक्रमण पुष्टि हुनेमा भरतपुरका मात्रै २९ जना रहेका छन् । जसमा १० वर्षीय बालकदेखि ६६ वर्षसम्मका १८ जना पुरुष र १० वर्षीया बालिकादेखि ५० वर्ष उमेर समूहका ११ जना महिला रहेका छन् । यस्तै पूर्वी चितवनको राप्ती नगरपालिका–२ का ३४ वर्षीय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यसैगरि चितवन बाहिरका नवलपरासी पूर्वको कावासोती नगरपालिकाका २ महिला र बुलिङटार गाउँपालिकाका ३८ वर्षीय एक पुरुषमा संक्रमण पुष्टि भएको छ । त्यस्तै कास्कीको पोखरा महानगरपालिका–१० का ३० वर्षीय एक पुरुषमा पनि संक्रमण पुष्टि भएको प्रयोगशालाले जनाएको छ ।

यता चितवन मेडिकल कलेजलकाे प्रयाेगशालामा गरिएकाे परीक्षणमा १९ जनामा संक्रमण पुष्टि भएकाे छ । ४ बर्षीय बालक देखि५६ बर्ष सम्मकाे उमेर समुहका ब्यक्ति मध्य भरतपुर महानगरपालिकाका ११ जना, नवलपुरका २ जना र तनहु मकवानपुर सँगेै झापाका एक एक जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

प्रकाशित मिति २१ भाद्र २०७७, आईतवार ०७:२२
प्रतिक्रियाहरू
इलाममा पिकअप दुर्घटना दुईको मृत्यु

इलाममा पिकअप दुर्घटना दुईको मृत्यु
२०७७ मङ्सिर १६ गते मङ्गलबार ०८:४१

टिकटकमा एकैदिनमा भाइरल भए  ओली

टिकटकमा एकैदिनमा भाइरल भए ओली
२०७७ मङ्सिर १५ गते सोमबार ०५:४४

उपत्यकामा थप  ८ सय ९ जनामा  देखियाे काेराेना

उपत्यकामा थप ८ सय ९ जनामा देखियाे काेराेना
२०७७ मङ्सिर १५ गते सोमबार ०५:१६