अद्यावधिक विवरण अनुसार शनिबार नेपालमा १०४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा १०४१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिंगमा जनाकारी गराइएको हो ।
यो संगै नेपालमा अहिलेसम्म संक्रमितको संख्या ४५ हजार २७७ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा. जागेश्वर गौतमले बताए । शुक्रबार मात्रै देशभर १३५९ जनामा काेराेना संक्रमण पुष्टि भएकाे थियाे ।
हाल नेपालमा १७ हजार ८७० सक्रिय संक्रमित रहेका छन् । पहिल्लाे २४ घण्टामा १,५६६ काेराेनाकाे संक्रमणबाट निको भएर घर फर्किएका छन् । हालसम्म २७ हजार १२७ जना काेराेना मुक्त भइ घर फर्किसकेका छन् । शुक्रबार १२ हजार ४७३ गरि हालसम्म ७ लाख ५७ हजार ९६३ को पिसिआर परिक्षण भएको छ
प्रकाशित मिति २० भाद्र २०७७, शनिबार १६:३२