इंग्ल्यान्डद्वारा अष्टेलिया २ रनले पराजित

इंग्ल्यान्डद्वारा अष्टेलिया २ रनले पराजित

सागर नेपाल

@Mayur Times

२०७७ भदौ २० गते शनिवार ०९:४६

काठमाडौँ भदौ २० इंग्ल्यान्ड र अष्टेलिया बिचको टी–२० सिरिज हिजोबाट सुरु भएको छ । इंग्ल्यान्डको साउथह्याम्पटनमा भएको खेलमा इंग्ल्यान्डले अष्टेलियालाई दुई रनले पराजित गरेको हो । टस जितेर अष्टेलियाले पहिले वलिङ गर्ने निर्णय...

काठमाडौँ भदौ २०

इंग्ल्यान्ड र अष्टेलिया बिचको टी–२० सिरिज हिजोबाट सुरु भएको छ । इंग्ल्यान्डको साउथह्याम्पटनमा भएको खेलमा इंग्ल्यान्डले अष्टेलियालाई दुई रनले पराजित गरेको हो ।

टस जितेर अष्टेलियाले पहिले वलिङ गर्ने निर्णय गरेको थियो । जवाफी व्याटिङमा आएको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६२ रन बनाएको थियो । इंग्ल्यान्ड का लागि डेविड मिलानले ४३ वलमा ६६ रन तथा जस बटलरले २९ बलमा ४४ रन प्रहार गरे । अष्टेलियका लागि एस्टन एगर, केन रिचर्डसन तथा ग्लेन म्याक्सवेल समान २–२ बिकेट लिए भने पेट कमिन्सले १ विकेट लिए । जवाफी १६३ रनको लक्ष्य पछ्याएको अष्टेलियाले निर्धारित २० ओभरमा ६ बिकेट गुमाएर १६० रन मात्रै बनाउन सक्यो । अष्टेलियाका लागि डेभिड वार्नरले ४७ बलमा ५८ तथा एरन फिन्चले ३२ बलमा ४६ रन बनाए । इंग्ल्यान्डका लागि आदिल रसिल तथा जोफ्रा आर्चलले समान २ –२ विकेट लिए भने मार्क उडले १ विकेट लिए । दोस्रो टीट्वान्टी ६ सेप्टेम्बरमा साउथह्याम्पटनमा हुनेछ ।

प्रकाशित मिति २० भाद्र २०७७, शनिबार ०९:४६
प्रतिक्रियाहरू