बिहीवार ह्वात्तै बढ्यो सुनको मूल्य, कति कारोवार हुँदै छ त आज ?

बिहीवार ह्वात्तै बढ्यो सुनको मूल्य, कति कारोवार हुँदै छ त आज ?

मयूर टाइम्स

@Mayur Times

२०७७ चैत २६ गते बिहिबार १२:२७

बिहीबार एकैदिन हजार रुपैयाँले सुनको मूल्य बढेको छ। अघिल्लो दिन ८८ हजारमा कारोबार भएको सुन आज ८९ हजार रुपैयाँमा कायम छ। चाँदीको मूल्य १५ रुपैयाँले वृद्धि भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबार तोलामा १२ सय ४५ रुपैयाँमा...

बिहीबार एकैदिन हजार रुपैयाँले सुनको मूल्य बढेको छ। अघिल्लो दिन ८८ हजारमा कारोबार भएको सुन आज ८९ हजार रुपैयाँमा कायम छ। चाँदीको मूल्य १५ रुपैयाँले वृद्धि भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बुधबार तोलामा १२ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी आज १२ सय ६० रुपैयाँ पुगेको छ। अन्तर्राष्ट्रय बजारमा सुन प्रतिऔंस १७ सय ४४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित मिति २६ चैत्र २०७७, बिहीबार १२:२७
प्रतिक्रियाहरू