कहिले लगाइदै छ त कोरोना विरुद्धको दोस्रो डोज खोप ?(सूचीसहित)

कहिले लगाइदै छ त कोरोना विरुद्धको दोस्रो डोज खोप ?(सूचीसहित)

मयूर टाइम्स

@Mayur Times

२०७७ चैत २५ गते बुधबार ०७:५३

काठमाडौं । वैशाख ७ देखि ११ गतेसम्म कोरोनाभाइरस विरुद्धको खोपको पहिलो मात्रा लिएकालाई दोस्रो मात्रा दिइने भएको छ । स्वास्थ्य मन्त्रालयको इन्सिडेन्ट कमान्ड सिस्टम (आईसीएस) को सोमबारको बैठकले दोस्रो डोज खोप वैशाख ७ देखि ११ गतेसम्म...

काठमाडौं । वैशाख ७ देखि ११ गतेसम्म कोरोनाभाइरस विरुद्धको खोपको पहिलो मात्रा लिएकालाई दोस्रो मात्रा दिइने भएको छ । स्वास्थ्य मन्त्रालयको इन्सिडेन्ट कमान्ड सिस्टम (आईसीएस) को सोमबारको बैठकले दोस्रो डोज खोप वैशाख ७ देखि ११ गतेसम्म दिने निर्णय गरेको हो । स्वास्थ्य कार्यालयले खोप लगाउने मिति र केन्द्रको सूची प्रकाशित गरेको छ ।
कार्यालयका अनुसार माघ १४ देखि फागुन १० गतेसम्म जुन खोप केन्द्रमा खोप लगाइएको हो सोही केन्द्रमा पुगेर खोप लगाउनु पर्ने हुन्छ । खोप केन्द्रमा बिहान १० देखि ४ बजेसम्म खोप लगाइने छ ।

पहिलो चरणमा खोप लगाएका स्वास्थ्यकर्मी, सफाइकर्मी, सरकारी कर्मचारी, कूटनीतिक नियोगका कर्मचारी, सार्वजनिक संस्थान, बैंक तथा वित्तीय संस्थाका कर्मचारी र पत्रकारलाई दोस्रो डोज खोप दिन लागिएको हो ।

प्रकाशित मिति २५ चैत्र २०७७, बुधबार ०७:५३
प्रतिक्रियाहरू