केही समय यता देशव्यापी रुपमा बढेको प्रदुषणका कारणले जनजीवन प्रभावित हुन थालेको छ । पछिल्ला दिनमा अकस्मात बढेको प्रदूषणले आँखा पोल्ने, साास फेर्न कठिनाइ हुने, घाँटीमा खसखसलगायतका समस्याले राजधानीवासी आक्रान्त छन्। प्रदूषणका कारण सरकारले गत साता ४ दिन विद्यालय तथा कलेजमा पठनपाठनसमेत बन्द गर्नुपरेको थियो।
आइतबारदेखि विद्यालय तथा कलेज खुलेका छन्। वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले गत साता एक विज्ञप्ति नै निकालेर प्रदूषणको अत्यधिक स्तरले बालबालिक, जेष्ठ नागरिक, दमखोकीजस्ता श्वासप्रश्वाससम्बन्धी बिरामी र मुटुका रोगी बढी प्रभावित हुने भएकाले त्यो समूह सकेसम्म घरबाहिर ननिस्कन र अन्य उमेर समूहका पनि सम्भव भएसम्म घरबाहिर ननिस्कन, निस्कनै परेमा विशेष सावधानी अपनाउन अनुरोध गरेको थियो।
प्रकाशित मिति २४ चैत्र २०७७, मंगलवार ०८:३१